मंसिर–१, निर्वाचन आउन दश दिन बाँकी रहँदा खोटाङमा कांग्रेस र राप्रपाबीचमा केन्द्रमा भएको सम्झौता अक्षरस पालन गर्ने सहमती भएको छ । केन्द्रमा लोकतान्त्रिक गठबन्धन भएको लामो समयपछि मात्र जिल्ला तहमा दुई पार्टीबीचमा सम्झौतालाई पालना गर्ने सम्झौता भएको हो । शुक्रबार कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशी र राप्रपाका अध्यक्ष जीवनकुमार श्रेष्ठले संयुक्त विज्ञाप्ती जारी गर्दै दुई पार्टीले आफ्ना नेता तथा कार्यकर्ता, भातृ तथा सुभेच्छुक संघ–संगठनलाई एकतावद्ध भएर लाग्न र गठबन्धनको चुनाव चिन्हमा मतदान गर्न निर्देशन दिएको छ । ‘केन्द्रमा कांग्रेस, राप्रपा लगायतका लोकतान्त्रिक शक्तीबीचमा भएको सहमतीलाई जिल्लामा अक्षरस पालना गर्ने सहमती भएको छ,’ राप्रपाका अध्यक्ष श्रेष्ठले भने, ‘लोकतान्त्रिक गठबन्धनलाई जिताउनका लागि एकतावद्ध भएर लाग्ने संकल्प गरेका छौँ । सोही अनुशार सबै तहका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छौँ ।’