अनोज रिजाल, 

खोटाङ ५ मंसिर ।

 खोटाङमा वाम गठबन्धनका कार्यकर्ता नेपाली कांग्रेसका प्रवेश गरेका छन् ।
 हलेसी न.पा. मा आयोजित सभामा एमालेका अञ्चल सदस्य जयराम गिरी लगायत दर्जनौं कार्यकर्ता कांग्रेसमा प्रवेशका हुन् ।
यसैगरी खोटाङ्गकै लामिडांडा गा.पा. वडा नं. ३ तिर्पाका नेपाल राष्ट्रिय शिक्षक संगठन इलाका नं. ५ का सदस्य श्री नरोक्तम राई नेपाली कांग्रेस निकट शिक्षक युनियनमा प्रवेश गरेका छन् ।
यसैबिच, प्रदेश दुईका उम्मेदवार सुवास कुमार पोखरेलले पूर्वको पशुपतिभनेर चिनिने हलेसीधाम तथा मन्दिरले खोटाङ्गे जनताको पहिचान विश्व सामु पुगेको भन्द विश्व सुचिमा राख्न आफूले पहल गर्ने बताएका छन् ।

आगामी मंसिर १० गते हुने प्रदेश तथाप्रतिनिधि सभाको चुनावी आमसभालाई सम्वोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । 

उनी प्रदेश क का कांग्रेसतर्फका उम्मेदवार हुन् उनकी प्रचिद्वन्दी वाम गठबन्धनका राजन राई रहेका छन् ।