

राष्ट्रिय नाचघर र निर्वाचन आयोगसँगको सहकार्यमा भ¥याङ नाट्य मञ्चले दिक्तेलको त्रिबेणीचोकमा २५ मिनेटको नाटकमार्फत मतदातालाई मतदाता शिक्षाका बारेमा जानकारी दिएको छ । दिक्तेलपछि साकेला गाउँपालिकाको मात्तिम लगायतका स्थानमा नाटक मञ्चन गर्ने भ¥याङ नाट्या समुहका अन्तर शाखा संयोजक सञ्जिव राईले बताउनुभयो ।
नाट्याकर्मीले नाटकका माध्यमबाट निर्वाचनमा सहभागी हुन, मतदान गर्नमा नछुट्न, मतदानको महत्व, मतपत्रका प्रकार, सही तरिकाले मत हाल्ने तरिका, मतपत्र पट्याउने तरिका र मतपेटिकामा खसाल्ने देखि लिएर राम्रा उम्मेद्वारलाई भोट दिन सचेत गराएका छन् ।
मतदाता शिक्षा प्रचार–प्रसारका क्रममा भ¥याङ नाट्य मञ्चले सोलुखुम्बु, ओखलढुंगा हुँदै खोटाङ प्रवेश गरेको हो । उक्त मञ्चले खोटाङको ऐसेलुखर्क गाउँपालिकाको माक्पा र केपीलासगढी गाउँपालिकाको सप्तेश्वरमा मंगलबार तथा लामीडाँडा गाउँपालिकाको खार्पामा सोमबार नाटक मञ्चन गरिसकेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।