मंसिर–१०, प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्ष तर्फका मतदान गरिएको रुकुमको एक मतदान केन्दको मतपेटिकामा आगो लागेको छ । रुकुम पश्चिमको रत्न माबि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रत्यक्ष तर्फको मतपेटिकामा आगो लागेको हो ।
मतपेटिकाबाट धुवाँ निस्किएपछि तत्काल पानी हालेर आगो निभाइएको थियो । पुरै मतपेटिकामा नभएर केही मत पत्रमा मात्र जलेको प्रहरीले जनाएको छ । मतपेटिकामा कसरी आगो लाग्यो भन्ने बारे अनुसन्धान भइरहेको छ ।
अहिले मतदान कार्य रोकिएको छ भने सर्वदलिय बैठक बसीरहेको छ । मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ । मतदान अधिकृत नन्दलाल महतोका अनुसार उक्त पेटिकामा २५० मत खसेको थियो । न्युज अफ नेपालबाट साभार