
खोटाङ मंसिर–१२, खोटाङको लामिडाडाँ गाउँपालिका–६ हौंचुरमा एम्बुलेन्स खरिदका लागि अष्ट्रेलियाबाट ८० हजार रुपंैया सहयोग प्राप्त भएको छ । एम्बुलेन्स खरिद अभियान सफल बनाउनका लागि सोही हौंचुर पोखरीका अष्ट्रेलियाबासी अमृत गुरुङले उक्त रकम संकलन गरेका हुन् ।
रोजगारीको शिलशिलामा अष्ट्रेलियामा रहेका गुरुङले एम्बुलेन्स खरिद अभियानलाई सफल बनाउन हौंचुरवासी खोटाङगे, गैर खोटाङगेबाट संकलन भएको रकम ‘एम्बुलेन्स खरिद सेवा’ समितिलाई प्रदान गरेका हुन् ।
स्थानीय गजेन्द्र राईको संयोजकत्वमा गठित समितिले हौंचुरसहित विभिन्न मुलुकमा स्वेच्छिक सहयोग संकलन गरिरहेको छ । पालिकाको ६ नम्बर वडाका लागि एम्बुलेन्स खरिद गर्नलाई गत साउन २६ गते समिति गठन भएको थियो । एम्बुलेन्स खरिदका लागि हालसम्म ८ लाख २० हजार रुपैंयाँ संकलन भईसकेको समिति संयोजक राईले बताउनुभयो । पत्रकार चिसाङ शेर्पाको सहयोगमा ।