
मंसिर–१७, आफ्नो जीत सुनिश्चित भएकाले हार्ने डरले माओवादी केन्द्रबाट आफुमाथि आक्रमण भएको नेपाली कांग्रेस उदयपुरका उम्मेदवार नारायण कार्कीले दाबी गरेका छन् । राजधानीको शिक्षण अस्पतालमा उपचार गराईरहेका उदयपुर क्षेत्र नम्बर–२ मा प्रतिनिधी सभा सदस्यका उम्मेदवार कार्कीले आफु माथि माओवादी केन्द्रबाट सुनियोजित ढंगबाट आक्रमण भएको दाबी गरेका हुन् ।
कार्की सहित शिक्षण अस्पतालमा उपचार गराईरहेकी कार्यकर्ता मिरा कटुवालले पनि हार्ने सुनिश्चित भएपछि माओवादी केन्द्रबाट आफुहरुमाथि आक्रमण भएको दाबी गरिन् ।
यही मंसिर १३ गते बुुधबार विहान उदयपुरको नेपालटारमा आयोजित चुनावी सभामा सहभागी हुन जाँदै गर्दा उम्मेदवार कार्कीसहित ७ जना सवार जीप अज्ञात समूहले राखेको एम्बुसमा परेको थियो । उम्मेदवार कार्की, काँग्रेस कार्यकर्ता मिरा कटुवाल, पत्रकार नवराज पौडेल लगायत ४ जना घाईतेको शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।