खोटाङ मंसिर–१८, खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा १८ महिने बालकको डुबेर मृत्यु भएको छ । खेल्ने क्रममा घरछेउमा रहेको आफ्नै माछा पोखरीमा डुब्दा पुईलुङको शुक्रकुमार राई र श्रीमती तारा राईको छोरा युकेश राईको मृत्यु भएको हो । 
खेलिरहेको बालक केही छिनमै नदेखेपछि खोज्दा माछा पोखरीमा डुबिरहेको अवस्थामा फेला परेको स्थानिय भगेश्वर राईले जानकारी दिनुभयो ।
थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली त्यसतर्फ हिडेको खोटाङका प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले बताउनुभयो ।