–बिमलकाजी श्रेष्ठ
१, नेपालमा महिला आन्दोलन
ड्ड नेपालमा नारी दसकको प्रारम्भदेखिनै अन्र्तराष्ट्रिय श्रमिक महिला दिबस मनाउन सुरु गरिएको हो । नेपालको एकिरण पश्चात बेलायती साम्राज्यबादको बिरुद्ध नालापानी र कागडाको यूद्धमा पिठिउमा बच्चा बोकि ईन्द्रणी थापा र साबित्री देबि लडाई लडेका ईतिहास जिबित छ । नेपालको पहिलो संगठित महिला आन्दोलन भोजपुरको योगमाया न्यौपानेले आध्यात्मिक तरिकाबाट महिलाहरुलाई संगठित गर्नु भएको थियो । राणा साशनको बिरोधमा २४ सूत्रिय मागहरु राखि आन्दोलनमा लागेका ४ शहिदहरुलाई फासि दिए पश्चात राणा साशनको बिरोध स्वरुप सम्बत १९९८ असार २२ गते उहाको अनुयायि सहित ६४÷६८÷७५ जना भन्दा बढि जलसमाधि लिएका थिए ।
ड्ड बि.स. १९७५ मा मोरङमा योगमाया कोईराला, मोहन कुमारी कोईराला, दिब्य कोईराला,महिला समिति गठन गरेका थिए ।
ड्ड २००२ सालमा चन्द्र कान्त मल्लले स्त्री शिक्षाको माध्यमबाट राजनैतिक जागरण गरेका थिए।
ड्ड २००३ सालमा रेवन्त आर्चायले आदर्श महिला संघको स्थापना गरेका थिए ।
ड्ड २०ं०४ सालमा कामाक्षा देबी, साधाना प्रधान, सहाना प्रधान लगायत ६ जनाले महिला संघको माध्यमबाट राजनिती सुरुवात गरेका थिए ।
ड्ड २००४ सालमा महिलाले पढ्न तथा एस.एल.सि परिक्षा दिन पाउनु पर्ने माग राखि पद्यम सम्शेरका धर्ना बस्दा साधाना प्रधान, सहाना प्रधान, स्नेहलता, कनकलता जेलचलान गरिएको थियो ।
ड्ड २००४ सालमा मोरङ्गको जुटमिलमा भएको आन्दोलनमा सहभागि भएकी कामीनी गिरीलाई पक्राउ गरि जेल चलान गरेकोले उहालाई पहिलो श्रमिक महिला नेताको रुपमा लिईन्छ ।
ड्ड नेपालमा भएको राजनैतिक आन्दोलनहरुमा (२००७,२०१७,२०३६,२०४६,२०५२ देखि २०६२) सम्मको ससस्त्र माओबादी द्वन्द्व लगाएत २०६२÷७३ को जनआन्दोलनहरुमा महिलाहरुको सकृय र अर्थ पुर्ण सहभागिता रहदै आएको छ ।
ड्ड शसस्त्र द्वन्द्वको क्रममा तत्कालिन माओबादी सेनाले बेथान प्रहरी चौकी आर्कमण गर्ने क्रममा सहादात प्राप्त गर्नु हुने दिलमाया योन्जन प्रथम महिला हुनुहुन्थ्यो । यो बिद्रोहमा ३५ प्रतिसत महिला सहभागि थिए भने २००० भन्दा बढि महिलाहरुले सहादत प्राप्त गरेका थिए ।
२, हाल बिश्वमा महिलाको अबस्था
१, अहिले बिश्वमा ७ हजार भन्दा बढि महिला सांम्सद , हजार भन्दा बढि मन्त्रि, केहि महिला जनरल, सरकार प्रमुख रहेका छन ।
२, बिश्वको पहिलो मिहिला राष्ट्रपति अर्जेटिनाको श्रीमति ईसाबैर पिलोन हुन । राष्ट्रपतिको मृत्यू पश्चात मनोनयन ।
३, प्रथम महिला प्रधान मन्त्रि श्रीलंकाको श्रीमति श्री माओ बन्दरनाईके (१९६०मा श्रीमानको मृत्यु पश्चात)
४, प्रथम महिला गर्भनर श्रीमति राङ्गना सोभि बेलायत हुन ।
५, प्रथम महिला जननिर्बाचित महिला राष्ट्रपति बिध्यादेवी भण्डारी हुन ।
६, हाल सम्म बिश्वमा ३६ जना महिला राष्ट्रपति बनिसकेका छन ।
३, हाल नेपालमा महिलाको अबस्था
२०६८ सालको जनणना अनुसार नेपालको कुल जनसख्या २ करोड ३४ लाख ९५ हजार ४ सय ४ रहेकोमा महिलाको जनसख्या १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ यानेकी ५१.५०५ रहेको छ । महिला जनसख्याको ६५.९ साक्षर रहेको छ भने ३५ प्रतिसत निराक्षर रहेको छ । कक्षा १ देखि १२ कक्षा सम्म अध्यन गर्ने ७५४२३९३ बिधार्थि मध्य छात्राको संख्या ३८२२५८० छ भने छात्रको संख्या ३७१९८१३ देखिएको छ । उच्च शिक्षा अध्ययन गर्ने ५६९६६५ बिधार्थि मध्य महिलाको सख्या २७०८०६ छ भने पुरुषको २९८८५९ रहेकोछ । यसरी बिधालय स्थरमा छात्राको सख्या बढी छ भने उच्च शिक्षामा पुरुषको सख्या बढि रेहको देखिन्छ ।
प्राप्त तथ्याक अनुसार नेपालको राज्य संयन्त्रको अन्य क्षेत्रमा महिलाको उपस्थिति निम्न प्रकारको थियो । राजनीतिमा १७ प्रतिसत, प्रशासनिक सेवामा १३ प्रतिसत, सञ्चारमा १३ प्रतिसत, शिक्षणमा २६ प्रतिसत, बैदेसिक राजगारिमा ११ प्रतिसत, घरमुलि महिला १५ प्रतिसत, ईन्जिनियरिङमा ९ प्रतिसत र चिकित्शकमा २८ प्रतिसत रहेको छ । १९ प्रतिसत महिलाको नाममा संम्पति रहेको छ । संबिधान सभामा १७२ जना (३०) प्रतिसत महिला सहभागि रहेको छ । नेपालको २ सम्मानित पद राष्ट्रपतिमा बिध्यादेबी भण्डारि, सभामुखमा ओन्सरी घर्ती रहनु भएको छ । निर्णायक पद प्रधान न्यायधिसमा शुशिला कार्की कार्यरत रहेको छ । नेपालको संबिधान लगायत ५६ वटा कानूनका झण्डै १६० प्राबधानहरुले महिलाको निम्ति बिशेष व्यबस्था गरेको छ ।
४, लंैगिक हिंसा बिरुद्धको १६ दिने अभियान
सन १९६० को नोभेम्बर २५ का दिन डोमिनिकन गनतनन्त्रका मिराबेल परिवारको तीन जना दिदी बहिनीलाई तत्कालिन तानाशाहा राफेल त्रुजिलोले निर्ममता पूर्बक हत्या गर्न लगाईयो । अनफरगटेवल बटरफ्लाई उपनामले चिनिने एकै परिवारका ३ जना दिदी बहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई लिंगको आधारमा भएको राजनैतिक हिंसाको रुपमा लिएर उनिहहरुको सम्मान र संझनाका लागि महिला हिंसा बिरुद्धको दिबसको रुपमा १६ दिने अभियान मनाउन थालिएको हो । नोभेम्बर २५ (महिला हिंसा बिरुद्धको दिबस) बाट सुरु गरेको यो अभियान निरन्तर रुपमा बिभिन्न दिबस र कार्यक्रमको रुपमा मनाउदै १६ औ दिन डिसेम्बर १० (बिश्व मानब अधिकार दिबस) को सन्धर्बमा समापन गर्ने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार अभैm पनि विश्वको एकतिहाई महिलाले आप्mनो जीवनकालमा कुटाइ अथवा बलात्कार भोग्नुपरेको छ । संयूक्त राष्ट्र संघले सन १९९९ को महासभाले नोभेम्बर २५ तारिकलाई महिला हिंसा बिरुद्धको दिबसको रुपमा मनाउने निर्णय ग¥यो । यो अभियान बिभिन्न देशहरुमा बिभिन्न नाराको साथ बिश्वभर चेतना यूक्त कार्यक्रम सञ्चालन गरि मनाईन्छ । “पर्शनल ईज पोल्टिकल अर्थात व्यक्तिगत बिषयहरु राजनैतिक विषय हुन” भन्ने मान्यताको वरिपरि रहेर महिला अभियानहरु सञ्चालन हुनु सुरु भए पछि समाजमा बिध्यमान निजी सार्बजनिक भन्ने नाममा महिला र पुरुषको भूभिकामा रहेको बिभाजनको घेरा तोड्दै शिक्षा, स्वास्थ्य, रोजगारि, सम्पति, सहभागिता लगायत सम्पूर्ण क्षेत्रमा समानता हुनु पर्ने माग नाराको रुपमा स्थापित हुन थाल्यो । महिला माथि हुने हिंसा व्यक्तिगत रुपमा अपराध हो , मानब अधिकार हननको परिणाम हो भन्ने मान्यता पनि स्थिापित हुदै गयो । सो अनुरुप गर्न गराउनको लागि सम्पूर्ण राष्ट्रहरु, संयूक्त राष्ट्र संघिय निकायलाई आहवान गर्ने उद्देश्यले यो अभियान समुदाय देखि सबै तहमा सरकारी गैर सरकारी संघ संस्थाले मिलेर कार्यक्रमहरु सञ्चालन गर्ने गरिन्छ । यो कार्यक्रमले महिला अधिकार आन्दोलनमा लागेका महिलाहरु एउटै स्थानमा आई महिला हिंसाविरुद्धको आवाज उठाउने, आफ्ना भोगाई र पिडाहरु सुनाउने, सहयोग गर्ने एवं आफ्ना मुद्दालाई अझ स्पष्ट र गहकिलो बनाउदैे हिंसाबिरुद्धको अभियानमा ऐक्यबद्धता जनाउने उत्सवका रुपमा लिईन्छ । यसै सन्र्धबमा सन २०१६ मनाउन लागिएको महिला हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तराष्ट्रिय नाराः “घरमा शान्ती देखी बिश्वमा शान्ती सम्मः सबैका लागि सुरक्षित शिक्षा ।” राष्ट्रिय नाराः “घरशान्ती नै विश्व शान्तीको आधार, दिगो विकासका लागि लैंगिक हिंसारहित समाज” रहेको थियो ।
यो अबधिमा निम्न दिबस हरु मनाउने गरिन्छ ।
मिति दिबस मिति दिबस
नोभेम्बर २५ महिला हिंसा बिरुद्धको दिबस डिसेम्बर ५ बिश्व स्वयमसेबक दिबस
नोभेम्बर २९ महिला मानब अधिकार रक्षक दिबस डिसेम्बर ६ महिला सहिदहरुको सम्मान दिबस
डिसेम्बर १ बिश्व एड्स दिबस डिसेम्बर १० अन्तराष्ट्रिय मानब अधिकार दिबस
डिसेम्बर ३ बिश्व अपाङगता दिबस
६, निश्कर्ष :–
यी सबै घटना केलाएर हेर्ने हो महिला हिंसाका घटनाको दिन प्रतिदिन बढि रहेको छ । बर्षेनि संख्या बढ्नुको कारण महिला हिंसा प्रति समाजको बुझाईमा संबेदनसिलता, आमनागरिकमा आएको जागरुकता र सचेतना पनि प्रमुख रुपमा रहेको पाईन्छ । माथिको आकडालाई बिश्लेशन गर्दा महिला माथि हिंसा गर्ने व्यक्ति कोहि पनि पराई नभएको प्रष्ट हुन्छ । आफन्त छन्, छिमेकी छन, आफ्ना पार्टिको सदश्य छन्, आफ्ना कार्यालयका सहकर्मि छन यसर्थ नेपाली समाजमा महिला माथि हुने हिंसाको सबै भन्दा ठूलो दुःखद पक्ष यहि छ । यो अबस्थामा सुधार ल्याउनु तपाई हामी सबैले ईमान्दारपूर्बक दायित्व निर्बाह गर्नु पर्ने हुन्छ । महिला विरुद्धको हिंसा मानव सभ्यता बिरुद्धको हिंसा हो । महिलामाथि हुने हिंसाको नियन्त्रण गर्नु राज्य, समाज, नागरिक समाज र हरेक व्यक्तिको जिम्मेवारी हो । दिगो शान्ति र विकास निम्ति महिला प्रति हुने सम्पूर्ण प्रकारको हिंसाको अन्त आबश्यक । हिंसा आफैमा अत्याचार हो अत्याचार गर्नु र सहनु दुबै अपाराध र अन्याय हो, अभियानको उपलब्धिको स्वरुप समाजमा सकरात्मक परिबर्तनहरु देखिन थालेता पनि असमानताको अग्ला पहाडहरु बगे्रल्ति रहेको छन । देखिएका समस्याहरु कम गर्न महिलाहरुलाई राजनैतिक निर्णय गर्ने नेतृत्व तहमा, कार्यन्वयन गर्ने संयन्त्रतमा पु¥याउन आबश्यक छ । गरेको निर्णय र प्रतिबद्धताहरुलाई व्यबहारमा लागु गर्न सक्क्ष्म र ईच्छाशक्ति र्भको राजनैतिक नेतृत्व, निश्पक्ष कृयाशिल प्रशासनिक संयन्त्र तथा ईमान्दार नागरिक समाजको भूभिकाको खाचो छ । बर्तमान अबसर र चुनौतिलाई पहिचान गरि महिला हिंसा र समानताको लागि महिला आफैले पनि हिनताबोध त्यागि घर बाहिर निस्कने र हिंसाको बिरुद्ध आवाज बुलन्द गर्न आबश्यक छ । महिलाहरुलाई सम्पूर्ण क्षेत्रमा समान अबसर दिऔं, निर्णायक तहमा पु¥याऔ, अगाडि बढ्न चाहनेलाई प्रोत्साहन गरा, जान्ने बुझ्ने महिलाले बुझ्दै गरेको वा चाहने महिलालाई हौसला दिऔ, खुट्टा तान्ने र एकआपसमा कुरा काट्ने प्रबितिको अन्त गदै महिलालाई ईज्यत र सम्मान गर्न सिकौ । महिला आफैले आफनो ईज्यत, मान, प्रतिष्ठा ख्याल गरि स्रोतसाधनमा हक स्थिापित गर्न प्रयासरत रहौ तबमात्र समतामुलक र महिला बिरुद्ध हुने सम्पूर्ण प्रकारको हिंसाको अन्त भई परिकल्पना गरेको समृद्धि समाज निर्माण हुन सक्नेछ र महिला हिंसाको अन्त हुनेछ ।(श्रेष्ठ गै.स.स.महासंघ खोटाङका अध्यक्ष तथाजेण्डर मास्टर प्रशिक्षक हुन् ।)