
खोटाङ मंसिर–२२, खोटाङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सबैमा वाम गठबन्धनको बढ्दो अग्रता रहेको छ । सुरुवातमै वाम गठबन्धनले अग्रता लिएको जिल्लामा अहिले बिहान साँढे ७ बजेसम्ममा अग्रता बढाएको छ ।
मूख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान साँढे ७ बजे सार्बजानिक गरेको परिणाम अनुसार अनुसार प्रतिनिधिसभामा वाम गठबन्धन (एमाले) का बिशाल भट्टराईले ७ हजार ९ सय ७३ र लोकतन्त्र गठबन्धनको तर्फबाट कांग्रेसकी सरस्वती बजिमयले बजिमयले ५ हजार १ सय ७५ मत प्राप्त गरेका छन् ।
गत मंसिर १० गते सम्पन्न मतदानबाट प्रदेशसभा (क) मा कांग्रेसका सुवासकुमार पोखरेलले २ हजार ५ सय ७६ लिएकोमा वाम गठबन्धन (एमाले) का राजन राईले ४ हजार ३७ पाएका छन् ।
यस्तै, प्रदेशसभा (ख) मा कांग्रेसका बिष्णुकुमार राईले २ हजार ३ सय २८ र वाम गठबन्धन (माओबादी केन्द्र) का रामकुमार राईले ४ हजार २ सय ७० मत ल्याउँदै अग्रता कामय गरेका छन् ।
बेलुका करिब साँढे ७ बजेदेखि मत गणना सुरु गरिएको हो । दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ मतदान केन्द्र रहेको जिल्लामा कूल १ लाख २५ हजार १ सय ८३ मतदाता रहेका थिए ।
१. लोकतान्त्रिक गठबन्धन (रुख) सरस्वती बजिमय ः ५१७५
२. बाम गठबन्धन (सुर्य) बिशाल भट्टराई ः ७९७३
प्रदेशसभा (क)
१.लोकतान्त्रि गठबन्धन (रुख) सुवासकुमार पोखरेल ः २५७६
२. वाम गठबन्धन (सुर्य) राजन राई ः ४०३७
प्रदेशसभा (ख)
१. लोकतान्त्रिक (रुख) बिष्णुकुमार राई ः २३२८
२. बाम गठबन्धन (गोलाकारभित्र हँसिया हथौडा) रामकुमार राई पासाङ ः ४२७०