खोटाङ मंसिर–२२, खोटाङमा सुरुवाती चरणमै अग्रता लिएको वाम गठबन्धनले बिहान १० बजेसम्ममा अग्रता दुरी बढाएको छ । ७१ हजार ३ सय ११ मत खसेको जिल्लामा पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभामा वाम गठबन्धन (एमाले) का बिशाल भट्टराईले ९ हजार १ सय ५२ मत ल्याउँदै अग्रता बढाउनुभएको छ । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेसकी सरस्वती बजिमयले बजिमयले ५ हजार ९ सय ८ मत प्राप्त गर्नुभएको छ । 
गत मंसिर १० गते सम्पन्न मतदानबाट प्रदेशसभा (क) मा कांग्रेसका सुवासकुमार पोखरेलले ३ हजार ६४ लिएकोमा वाम गठबन्धन (एमाले) का राजन राईले ४ हजार ६ सय ८४ मत लिनुभएको छ ।
यस्तै, प्रदेशसभा (ख)मा कांग्रेसका बिष्णुकुमार राईले २ हजार ९ सय ७२ र वाम गठबन्धन (माओबादी केन्द्र) का रामकुमार राईले ५ हजार २ सय ९२ मत प्राप्त गर्नुभएको छ ।
यता, प्रतिनिधि सभातर्फ सङघीय समाजबादी फोरम नेपालका उम्मेदवार कृष्णकुमार राईको ४ सय ६२ मत आएको छ । हालसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)को धर्मराज पोखरेलको ५०, नयाँ शक्ति पार्टी नेपालको तर्फबाट मदन राईको ७ सय ७३ र राष्ट्रिय जनमूक्ति पार्टीका तर्फबाट उम्मेदवार गोकर्ण राईको १८ मत आएको छ । प्रतिनिधिसभा तर्फ नै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गणेशबहादुर राईले ८ , राष्ट्रिय जनता पार्टी नेपालका विश्वास राईले ३७ , एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) को महेश बास्तोलाले ९ मत र मंगोल नेशनल अर्गानाईजेशनका बिरलाल राईको १३ मत आएको छ । 
प्रदेश क तर्फ सङघीय समाजबादी फोरम नेपालको तर्फबाट उम्मेदवार नबिन राईको ४ सय ५६ , राष्ट्रिय जनता पार्टी नेपालको तुलसीकुमार राईको २६ र नेपाल कम्युनिष्ट पार्टी मालेको नेत्रबहादुर कटवालको २ सय ८५ मत ल्याउनुभएको छ ।
यस्तै, प्रदेश ख तर्फ सङघीय समाजबादी फोरम नेपालको टंकबहादुर थापाले १ सय १९ र नेपाल कम्युनिष्ट पार्टी मालेको कुलप्रसाद शर्मा फुयाँलको २ सय ४७  मत ल्याउनुभएको छ । 
बेलुका करिब साँढे ७ बजेदेखि मत गणना सुरु गरिएको हो । दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ मतदान केन्द्र रहेको जिल्लामा कूल १ लाख २५ हजार १ सय ८३ मतदाता रहेका थिए ।