खोटाङ मंसिर–२३, खोटाङमा प्रतिनिधिसभा सदस्यको ४९ हजार ६ सय ४६ मत गणना हुँदा वाम गठबन्धन दश हजारभन्दा बढि मतले अगाडी रहेका छन् । ान्तर कायम गरेको छ । वाम गठबन्धनका उम्मेद्वार एमालेको बिशाल भट्टराई कांग्रेसकी उम्मेद्वार सरस्वती बजिमय भन्दा १० हजार ६ सय ८३ मतले अघि रहनुभएको हो ।
शनिबार बिहान १० बजेसम्मको मत परिणाम अनुशार भट्टराईले २६ हजार ७ सय १७ मत र बजिमयले १६ हजार ६४ मत ल्याउनुभउको छ । प्रतिनिधिसभा सदस्यमा नयाँ शक्ति नेपालका मदन राईले १ हजनर ७ सय ६८ मत र संघीय समाजबादी फोरमका कृष्णकुमार राईले १ हजार ६ सय मत प्राप्त गर्नुभएको मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राष्ट्रिय जनता पार्टी नेपालका बिश्वास राई १ सय ९३, राप्रपा प्रजातान्त्रिकका धर्मराज पोखरेलले १ सय ४१, राष्ट्रिय जनमुक्ती पार्टीका गोकर्ण राई ५१, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीका महेश बास्तोलाले ५१, मंगोल नेशनल अर्गनाइजेसनका बीरलाल राईले ६२ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गणेश राईले ३३ मत ल्याउनुभएको छ ।
२६ हजार ७२ मत गणना हुँदा प्रदेशसभा (क)मा वाम गठबन्धन लोकतान्त्रिक भन्दा ३ हजार २ सय १३ मतले अघि छन् । प्रदेशसभा (क) मा एमालेका राजन राईले १३ हजार २ सय ७१ मत र कांग्रेसका सुवासकुमार पोखरेलले १० हजार ५८ मत पाउनुभएको छ । संघीय समाजबादी फोरमका नविन राईले ७ सय ७९, राजपाका तुलसीकुमार राईले १ सय २२ र नेकपा मालेका नेत्रबहादुर कट्वालले ५ सय ८० मत प्राप्त गर्नुभएको जनाईएको छ ।
यस्तै, २६ हजार २ सय ८० मत गणना भइसक्दा प्रदेशसभा (ख) मा माओबादी केन्द्रका रामकुमार राई ४ हजार ८ सय ५३ मतका साथ अगाडि हुनुहुन्छ । कांग्रेसका विष्णुकुमार राईले ९ हजार ३सय ६ मतका साथ वाम गठबन्धनका उम्मेद्वारलाई पछ्याइरहनुभएको छ । संघीय समाजबादी फोरमका टंक थापाको ८ सय ४२ र नेकपा मालेका कुलप्रसाद फुयाँलको ६ सय २२ मत रहेको छ ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा १ लाख २५ हजार १ सय ८३ मतदाता रहेको जिल्लामा ७१ हजार ३ सय ११ मत खसेको थियो ।