खोटाङ मंसिर–२३ , खोटाङमा सम्पन्न प्रदेशसभा (क) तर्फ पनि बाम गठबन्धनकै उम्मेदवार राजन राईको बिजय भएको छ । वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका  एमालेका राजन राई १८ हजार ९ सय ३३ मत ल्याएर बिजयी भएको हो ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुवासकुमार पोखरेलले १३ हजार ४ सय ११ मत ल्याउनुभएकोमा ५ हजार ५ सय २२ मतले राईले बिजय हासिल गरेका हुन । २०३९ सालदेखि अनेरास्ववियु पाँचौंबाट राजनीतिक यात्रा सुरु गर्नुभएका राई हाल एमाले वैकल्पिक केन्द्रीय सदस्य हुन् । विद्यार्थी आन्दोलनका योद्धा राई यसअघि एमाले खोटाङका सचिव थिए ।
२०२८ साल कात्तिक २५ गते केपिलासगढी गाउँपालिका–३ बास्पानीमा जन्मनुभएका राईले काठमाडौंको आरआर क्याम्पसबाट स्नातकसम्मको अध्ययन गरेका छन् । सालिन स्वभावका नेता राईले २०६२÷०६३ सालको जनआन्दोलनका क्रममा सात विद्यार्थी संगठनको नेतृत्व गरेका थिए ।