खोटाङ मंसिर–२३,  एक प्रतिनिधिसभा सदस्य तथा दुई प्रदेश सभा सदस्य निर्बाचित हुने ब्यवस्था भएको खोटाङमा प्रत्यक्ष निर्बाचन तर्फ बाम गठबन्धनले भारी मतान्तरका साथ सबै नतिजा आफ्नो पक्षमा पारेका छन् । उक्त गठबन्धनको तर्फबाट प्रतिनिधि सभातर्फ १३ हजार ७ सय ७ तथा प्रदेश(क) तर्फ ५ हजार ५ सय २२ र (ख) तर्फ ६ हजार १ सय ३३ मत ल्याउँदै गठबन्धनले सबै नतिजा आफ्नो पक्षमा पारेका हुन् । 

प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनको तर्फबाट प्रत्यक्ष उम्मेदवार नेकपा एमालेका विशाल भट्टराईले ३५ हजार ३ सय ७७ मत ल्याएर कांग्रेसका सरस्वती बजिमयलाई पराजित गरे । निकटतम प्रतिस्पर्धी बजिमयले २१ हजार ६ सय १२ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
यस्तै, प्रदेशसभा (क) तर्फ वाम गठबन्धनका प्रत्यक्ष तर्फ साझा उम्मेदवार एमालेका राजन राईले १८ हजार ९ सय ३३ मत ल्याउनुभयो भने प्रतिसपर्धी सुवासकुमार पोखरेलले १३ हजार ४ सय ११ मत प्राप्त गरेका छन् । 
प्रदेश (ख) मा खसेको कूल ३४ हजार ७ सय १५ मतमा माओबादी केन्द्रका तर्फबाट बिजयी रामकुमार राई पासाङले १८ हजार ३ सय ७२ मत ल्याए । बिष्णुले भने १२ हजार २ सय ३९ मत पाए । 
 कूल एक लाख २५ हजार मतदाता रहेको जिल्लामा गत मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा ७१ हजार १ सय ९१ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।