खोटाङ मंसिर–२५, रोजगारीका सिलसिलामा ७ वर्षअघि मलेसिया पुगेका खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका राजेन्द्र प्रधानको मलेसियामै मृत्यु भएको हो । प्रधान बस्दै आएको कोठा नजिक अर्धचेत अवस्थामा फेला परेका उनको उपचारको क्रममा कजाङ अस्पतालमा मृत्यु भएको हो ।
अस्पतालले उच्च रक्तचापका कारण मृत्यु भएको बताए पनि प्रधानको मृत्युलाई शंकास्पद मानिएको सँगै काम गर्दैआएका बिकास प्रधानले जानकारी दिनुभयो । प्रधानको हत्याको प्रयास भएको आफन्तको आशंका छ । मृतक प्रधानका श्रीमती, दुई छोरी र एक छोरा छन् । अभिभाबकको मृत्यु भएपछि प्रधान परिवारको बिचल्ली भएको छ ।