
खोटाङ मंसिर–२९, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ स्थित धितुङमा आगलागी हुँदा १६ लाख बढीको क्षति भएको छ । बिहिबार अपरान्ह ४ बजे भएको आगलागीबाट सोही ठाउँ बस्ने मित्रमान राईको खरको छाना भएको तिन तले घर र घर भित्र रहेको सम्पुर्ण
समान जलेर नष्ट हुँदा १६ लाख ४८ हजार मुल्य बराबरको सम्पति नष्ट भएको हो । घरमा कोही नभएको अबस्थामा भएको आगलागीबाट राईको एक तले मतान तथा १४ वटा चौपाया समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उक्त आगलागी प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरी चौकी धितुङले जानकारी दिएको हो ।