खोटाङ पौष–१, खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका बिद्यार्थीले सकेसम्म स्वदेशमै रोजगारीको सिर्जना गर्नु सन्देश दिएका छन् । श्री माबि बास्बोटेमा अध्ययनरत छात्रा जुनकला राईले चित्र मार्फत सकेसम्म स्वदेशमै रोजगारी गर्नु, यदि बिदेश जाने नै भए सुरक्षित भएर जानु भन्ने सन्देश दिएका हुन् ।  
छात्रा राईले उत्कृष्ट चित्र कोर्दै यदि बिदेश जाने नै भए सीप तालिम लिएर दक्ष हुनु पर्ने, सरकारी मान्यता प्राप्त कम्पनी रोज्नुपर्ने तथा सम्पुर्ण कागजपत्र र प्रक्रिया पुरा गरेर जानुपर्ने सन्देश दिएकी छिन् । जुनकला अध्ययनरत उक्त बिद्यालयमा वैदेशिक रोजगार सम्बन्धी विद्यार्थी सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो । बालसेवा समाज नेपाल नेर्पा खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी विद्यालय तथा आमसञ्चार कार्यक्रम अन्र्तगत पहिलो चरणमा  सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना तथा परामर्श केन्द्रले प्रदान गर्ने सेवा सुविधाबारे जानकारी दिईएको थियो । यस्तै, नेपालको वर्तमान अवस्था कागजपत्रको महत्व, विदेश जादा ध्यान दिनु पर्ने महत्वपूर्ण जानकारी , वैदेशिक रोजगारको फाइदा वेफाइदा बारे बताईएको सामाजिक परिचालक लिला निरौलाले जनाएका छन् । निरौलाका अनुसार दोश्रो चरणमा महिला कामदार सम्बन्धी जानकारी साथै अतिरितm क्रियाकलाप हाजिरी जवाफ प्रतियोगिता गरी कार्यक्रम सम्पन्न गरिएको थियोे । विद्यार्थीहरुले  वैदेशिक रोजगार सम्बन्धी सोधिएको प्रश्नहरुको ८० प्रतिशत सही जवाफ दिएका थिए