खोटाङ पुस–२, अनुकूल मौसमका साथै रोग तथा किराको प्रकोप कम हुँदा खोटाङमा १३ प्रतिशतले धान उत्पादन बढेको छ । १५ हजार २ सय २ हेक्टरमा धान खेति लगाइएकोमा अघिल्लो बर्षको तुलनामा बृद्घि भई यो बर्ष ३३ हजार ४ सय ४५ मेट्रिक टन धान उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।
अघिल्लो वर्ष १४ हजार ८ सय ९८ हेक्टरमा २८ हजार ५ सय ६४ मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क छ । यो बर्ष जिल्लामा ४ हजार ८ सय ८० मेट्रिक टन धान बढेको छ ।
अटेमार्से, भोटाङ्गे, लोकल बासमती, मकवानपुरे–१, राधा–१२, मन्सुली, सुख्खा, सावित्री, खुमलटार जातका धानको बीउ खोटाङमा लगाउने गरिएको छ । जिल्लामा कुल ७५ हजार ५ सय ८५ हेक्टर कृषियोग्य जमिन रहेकामा १५ हजार २ सय २ हेक्टरमा धान खेती गरिएको जिल्ला कृषि विकास कार्यालयको तथ्याङमा उल्लेख छ ।
खोटाङमा ५ हजार मेट्रिक टन धान उत्पादन बढ्यो
रामधन राई÷खोटाङ
पुस–२, अनुकूल मौसमका साथै रोग तथा किराको प्रकोप कम हुँदा खोटाङमा १३ प्रतिशतले धान उत्पादन बढेको छ । १५ हजार २ सय २ हेक्टरमा धान खेति लगाइएकोमा अघिल्लो बर्षको तुलनामा बृद्घि भई यो बर्ष ३३ हजार ४ सय ४५ मेट्रिक टन धान उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।