खोटाङ पुस–१६, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा पर्ने ११ स्वास्थ्यचौकी र एक शहरी स्वास्थ्य केन्द्र नगरपालिकालाई हस्तान्तरण गरिएको छ । स्थानीय स्वास्थ्य संस्था सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार उक्त नगरपालिकाका बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार, बडहरे, दुर्छिम, मंगलटार, सल्ले, महादेबस्थान, धितुङ, राजापानी, अर्खौले स्वास्थ्यचौकी र शहरी स्वास्थ्य केन्द्र हैदे दुर्छिमलाई नगरपालिकाको मातहतमा ल्याइएको हो । 
जिल्ला अस्पतालका प्रमुख डा. रामबहादुर केसीले नगरपालिकाका मेयर इवन राई र निमित्त कार्यकारी अधिकृत अनिल किरातीलाई स्वास्थ्य संस्था हस्तान्तरणको प्रमाणपत्र प्रदान गर्नुभएको छ । रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य संस्था शुक्रबार नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।