खोटाङ पुस–१७, खोटाङको हलेसीमा चाम्लिङ राई भाषाको संरक्षण, सम्बृद्धि तथा बिकासका लागि आयोजना गरिएको चाम्लिङ भाषामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । चाम्लिङ राई भाषामा प्रकाशन हुँदै आएको सितिमी मासिक पत्रिकाको तेश्रो वार्षिक स्थापना दिवसको अवशरमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानस्थित महेन्द्रोद्वय माबि हलेसीमा आयोजित चाम्लिङ भाषाको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । 
प्रतियोगीतामा दलित जनजागरण प्रावि धितुङ प्रथम, बुलापन्थे मावि धितुङ दोश्रो, पारुहाङ शरण प्रावि धितुङ तेश्रो र जनकल्याण प्रावि धितुङ शान्त्वना भएको प्रतियोगिताका संयोजक रकम रोदुङले बताउनुभयो । चाम्लिङ राईको सघन बसोबास रहेको नगरपालिकाका विद्यालयका कक्षा ८ सम्मका छात्र÷छात्रालाई सहभागी गराएर हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो । 
प्रतियोगीतामा प्रथम, दोश्रो, तेश्रो र शान्त्वना स्थान प्राप्त गर्ने समुहलाई क्रमशः ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपैंयाँ नगद पुरस्कारको ब्यवस्था गरिएको आयोजक पत्रिकाका सम्पादक तिलक चाम्लिङले बताउनुभयो ।