खोटाङ पुस–२३, खोटाङमा बाम गठबन्धन लगायतका राजनीतिक दलले राखेका चुनाबी प्रचारका सामाग्री हटाएका छैनन् । गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सदरमुकाम दिक्तेलबजार लगायतका स्थानमा राखिएका चुनाबी पर्चा, पम्प्लेट, तुल, झण्डा, ब्यानर लगायतका सामाग्री नहटाएका हुन् ।
एमाले र माओबादी केन्द्रको बाम गठबन्धन सङघीय समाजवादी फोरम लगायतका अन्य साना दलले समेत  चुनाब सकिएको डेढ महिना बित्दा पनि चुनावी प्रचार–प्रसारका सामग्री हटाएका छैनन् । चुनावी प्रचारप्रसार समाग्री नहटाउँदा रुपाकोट मझुवागढी नगरपालिका समेत रहेको सदरमुकाम दिक्तेलबजार कुरुप भएको छ ।
नगरपालिकाको गत पुस ५ गतेदेखी ११ गतेसम्म ‘नगर सरसफाई सप्ताहको समीक्षा कार्यक्रममा तीन दिन पडाछी हटाउने प्रतिबद्घता गरेका दलले त्यसको बेवास्ता गर्दा चुनावी सामग्री हट्न नसकेको रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । 
नेपाली कांग्रेसले भने मंसिरको अन्तिम साता दिक्तेल बजारमा चुनावी सामग्री हटाएको थियो ।