खोटाङ पुस–२३, विद्युत सर्टका कारण आगलागी हुँदा खोटाङ दिक्तेलस्थित भिमबहादुर बिकको घर जलेर नष्ट भएको छ ।
रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल डाँडाछापका बिकको घरमा शनिबार राती भएको आगलागीमा ३० लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगो प्रहरी र स्थानीयबासीले नियन्त्रणमा लिएका थिए ।