लीला नरौला/खोटाङ
पुस–२६, वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित एवम् उपलब्धिमुलक बनाउनका लागि सञ्चालन गरेको सुरक्षित वैदेशिक रोजगार सचेतनाका लागि शुरु गरिएको गन्धर्व गीति यात्रा खोटाङको हलेसीमा सम्पन्न भएको छ । बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना सामी विद्यालय तथा आमसञ्चार कार्यक्रम अन्र्तगत तय गरिएको गीति यात्रा जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा सम्पन्न भएको हो ।
नगरको अर्खोले, सल्ले, धितुङ, महादेवस्थान, दुर्छिमका प्रत्येक टोलबस्तीमा गएर वैदेशिक रोजगार सम्बन्धी गीतहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा सम्भावित आप्रवासी तिनका परिवार स्थानीय वुद्धिजीवि महिला वृद्ध आमा बुवाहरुको सम्र्पूणको उपस्थितिमा सो कार्यक्रममा प्रत्येक टोल तथा बस्ती बस्तीमा गएर सम्पन्न गरिएको हो । नवनिर्वाचित जनप्रतिनिधिहरुको सहयोगमा यो कार्यक्रमलाई सफल बनाइएको जनाईएको छ ।
सन्देशमुलक गीतहरु सुनिसकेपछि स्थानीयले सम्भावित आप्रवासीहरुलाई सुचना केन्द्र पठाउने र विदेश जानु भन्दा अगाडि बनेको कागजपत्रहरु घरपरिवारमा छाड्न लगाउने प्रतिबद्धता गरेका छन् ।