खोटाङ पुस–२८, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडका वडाअध्यक्ष रुद्र राईको छोरा दूधकोसीमा डुबेर बेपत्ता भएका छन् । साथीसँग माछा मार्न गएका राईका १४ वर्षीय छोरा किरण राई बिहीबार दिउँसोबाट डुबेर बेपत्ता भएका हुन् ।
घर नजिकै पर्ने दूधकासीस्थित जोर्तीघाटमा माछा मार्न गएको समयमा कोसी तर्ने क्रममा  किरण डुबेर बेपत्ता भएको स्थानीयले बताएका छन् । गाडीको ट्युमा चढेर कोसी तर्दै गरेका किरण बिचमा पुगेर पल्टिएपछि डुबेको प्रत्यक्षदर्शीले बताएका छन् । 
कोसीमा डुबेका किरणको खोजीका लागि प्रहरी चौकी च्यास्मिटारबाट टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।