खोटाङ, माघ–१, वैदेशिक रोजगारीका सिलसिलामा मृत्य, अंगभंग तथा गम्भिर बिरामी भएको कामदारको परिवारले पेशागत तालिम र डिप्लोमा तथा प्रवीणता प्रमाणपत्र तहको तीन वर्षे प्राविधिक शिक्षामा छात्रबृत्तिको ब्यवस्था गरिएको छ ।  वैदेशिक रोजगार प्रवद्र्दन बोर्डको सचिवालयले हालै जारी गरेको सूचना अनुसार वैदेशिक रोजगारीका सिलसिलामा मृत्यु भएका, अंगभंग तथा गम्भीर विरामी भएको परिवारको सदस्यलाई चालु आर्थिक वर्षमा नर्सिङ्ग (स्टाफ नर्स), इञ्जिनियरिङ्ग (मेकानिकल ओभरसियर) र कृषि (बाली विज्ञान) विधाको डिप्लोमा तहको तीन वर्षे अध्ययनमा छात्रवृत्तिको ब्यवस्था गरिएको हो । 
बोर्डको छात्रवृत्ति व्यवस्थापन समितिले यही माघ २४ गतेसम्मको लागि छात्रबृत्तिको आबेदन माग गरिएको सूचनामा खुला र समावेशी सहित स्टाफ नर्समा ४० जना, बाली बिज्ञानतर्फ ४० जना तथा मेकानिकल ओभरसियरका लागि ४० जनाको कोटा रहेको जनाएका छन् ।
छात्रवृत्तिलाई विधा र सिट संख्याका आधारमा समाबेशीता अनुरुप कायम गरिएको जनाईको छ । मृत्यु भएकाको परिवारका सदस्यमध्येबाट २४, गम्भिर बिरामीका परिवारबाट १२ जना र अंगभंग भएकाको परिवारमध्येबाट ४ जनालाई छात्रबृत्ति दिने ब्यवस्था गरिएको छ । छात्रबृत्ति प्राप्त गर्नका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट शत् प्रतिशत आर्थिक सहायता पाएका वा पाउन योग्य मृतक, गवम्भिर बिरामी वा अंगभंग भएका कामदारको परिवार हुन अनिबार्य छ । 
दरखास्तका साथ नेपाली नागरिकताको प्रमाणपत्र, मृतक कामदार वा अंगभंग भई पूर्ण रुपमा अशक्त कामदार वा गम्भीर विरामी कामदारसँग सम्बन्धित स्थानीय तहले गरिदिएको नाता प्रमाणितको कागजात माग गरिएको छ । आवश्य कागजातहरुमा मृतक, अंगभंग भई पूर्ण रुपमा अशक्त तथा गम्भीर बिरामी कामदारको पासपोर्ट पनि राखिएका छन् । 
समावेशी समूहमा आवेदन गर्ने आवेदकले सोको पुष्टि हुने सम्बन्धित निकायको सिफारिश पत्र समेत आबेदनमा संलग्न गर्नुपर्ने जनाईएको छ ।  
. लाभग्राहीको आवश्यक न्यूनतम शैक्षिक योग्यता प्रमाणपत्र तह नर्सिङ्गको हकमा अक्षरांकन पद्धति लागू भएपछिका हकमा–मान्यताप्राप्त शिक्षणसंस्थाबाट अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषय लिई SEE वा सो सरहको परीक्षामा कम्तीमा C ग्रेड प्राप्त गरी समग्र ग्रेड Grade Point Average_ df GPA @ प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्ने छ । अक्षरांकन पद्धति लागू हुनुभन्दा अघिका हकमा भने मान्यताप्राप्त शिक्षणसंस्थाबाट अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषय लिई SLC वा सोरहको परीक्षामा कम्तीमा द्धितीय श्रेणीमा उत्तीर्ण भएको हुनुपर्ने  जनाईएको छ । 
डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ्गका लागि शैक्षिक योग्यता अक्षरांकन पद्धति लागू भएपछिका हकमा–मान्यताप्राप्त शिक्षणसंस्थाबाट अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषय लिई गणित र विज्ञानमा न्यूनतम C ग्रेड र अंग्रेजी विषयमा न्यूनतम D+ ग्रेड प्राप्त गरी क्भ्भ् वा सो सरहको परीक्षा उत्तीर्ण भएको हुनुपर्ने सूचनामा उल्लेख छ । 
अक्षरांकन पद्दति लागू हुनुभन्दा अघिका हकमा भने मान्यताप्राप्त शिक्षणसंस्थाबाट अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषय लिई SLC  वा सो सरहको परीक्षा उत्तीर्ण भएको हनुपर्ने ब्यवस्था छ । 
यस्तै, डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) अध्ययनमा छात्रबृत्ति पाउनका लागि मान्यताप्राप्त शिक्षणसंस्थाबाट अनिवार्य अंग्रेजी, गणित र विज्ञानमध्ये कुनै दुईवटा विषयमा न्यूनतम C ग्रेड र कुनै एक विषयमा न्यूनतम D+  ग्रेड प्राप्त गरी SEE वा सो सरहको परीक्षा उत्तीर्ण भएको हुनपर्ने छ । अक्षरांकन पद्धति लागू हुनुभन्दा अघिका हकमा–मान्यताप्राप्त शिक्षण संस्थाबाट अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषय लिई SLC वा सोरहको परीक्षा उत्तीर्ण भएको हुनुपर्ने जनाईएको छ । 
दरखास्त फारम भर्नका लागि लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय, नयाँ बानेश्वर, काठमाण्डौं अथवा सचिवालयको वेभसाइट www.fepb.gov.np मा  Scholarship एप्लिकेसनमा गई त्यहाँ प्राप्त निर्देशन बमोजिमका विवरणहरु भरी पठाउन सकिने ब्यवस्था छ । आवश्यक सम्पूर्ण कागजातहरु स्क्यान गरी अपलोड गरेर समेत दरखास्त बुझाउन सकिने ब्यवस्था गरिएको बोर्डले जनाएको छ । 
प्रवेश परीक्षाको मिति तथा परीक्षा केन्द्रको बारेमा दरखास्त फाराम बुझाउने अन्तिम मितिको एक हप्ताभित्र सचिवालयको वेभसाइट धधध।ाभउद।नयख।लउ बाट सूचित गरिने समेत सूचनामा उल्लेख छ ।
 सुरक्षित वैदेशिक रोजगारीका क्षेत्रमा काम गर्दै आएको सुरक्षित आप्रवासन परियोजना र नवकिरण सेवा समाज दुर्छिमद्वारा सञ्चालित सूचना तथा परामर्श केन्द्रबाट समेत यस सम्बन्धी जानकारी लिन सकिन्छ ।