खोटाङ, माघ –खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा आयोजित १२ वर्ष मुनिका खेलाडी सहभागी सितिमी गोल्ड कप महाबीर फुटबल क्लब दुर्छिमले कब्जा गरेको छ । दुर्छिमस्थित कृष्णराम–मोतिप्रसाद राई रङ्गशालामामा बुधबार भएको फाईनल खेलमा हलेसी स्पोर्टस क्लब (ए) महादेबस्थानलाई शुन्यका बिरुद्ध १ गोल गर्दै ‘सितिमी यु–१२ गोल्डकप–२०७४’को उपाधि कब्जा गरेको हो ।
हारसँगै हलेसी स्पोर्टस क्लब (ए)ले दोश्रो स्थानमा चित्त बुझाएको छ । माघ १ गते सुरु भएको प्रतियोगीतामा हलेसी स्पोर्टस क्लब (बी) तेश्रो र आयोजक साकेला सिली फुटबल क्लवले शान्त्वना स्थान प्राप्त गरेको छ ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेश्रो र सान्त्वना हुने टिमलाई क्रमशः १० हजार, ५ हजार, ३ हजार र १५ सय रुपियाँसहित प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको आयोजक साकेला फुटबल क्लवका अध्यक्ष कमल राईले बताउनुभयो ।
प्रतियोगीतामा नगरपालिकाभित्रका ९ वर्षदेखि १२ वर्षमुनिका ८ टिमको सहभागीता रहेको थियो ।