

घटना लगत्तै स्थानीय जनज्योती क्लब र जनकल्याणकारी सेवा समाजले सञ्चालन गरेको ‘घर सल्लाह फेसबुक ग्रुप च्याट’मार्फत देशबिदेशबाट संकलन भएको २ लाख ६७ हजार ४ सय १३ रुपैयाँ शुक्रबार पीडितलाई प्रदान गरिएको हो ।
संकलित रकममध्ये मगम, उचितबहादुर, अम्बराज र तम्बराजलाई जनही ६० हजार र मगमको एक घर भाडामा लिएर व्यवसाय गर्दैआएका जगदीसलाई २७ हजार ४ सय १३ रुपैयाँका दरले वितरण गरिएको शिक्षक नबिन चाम्लिङले जानकारी दिनुभयो ।
धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारका व्यवसायी मगमको घरबाट सुरु भएको आगोले चार व्यवसायीका पाँच घर लगायत जल्दा ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको थियो ।