खोटाङ १३ माघ
खोटाङका एक २७ वर्षिय युवाको बस दुर्घटनामा निधन भएको छ ।

काठमाडौंबाट झापा जाने क्रममा गएराती रुपाकोट मझुवागढी नगरपालिकास्थित निर्मलीडाँडाका ज्ञान बहादुर (ज्ञानु) चौहानको मृत्यु भएको हो ।

हिजो उनले आफ्नो फेसबुकमा त्रिभुवन विमानस्थलबाट विराटनगर यात्रा गर्दै गरेको स्टाटस लेखेका थिए । बताइए अनुसार फ्लाइट क्यान्सिल भएपछि उनी बसबाट नै झापा आउने क्रममा निधन भएको हो ।

निर्मलीडाँडा माविबाट २०६३ सालमा एलएलसी पास गरेका चौहान हाल झापा बस्दै आएका थिए । उनी केही वर्ष अघि मात्र विवाह बन्धनमा बाँधिएका थिए ।