
खोटाङ माघ–१५, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलकी ब्रेन ट्यूमर पिडित बालिका दिपा राईलाई ७८ हजार ४ सय ९५ रुपैयाँ सहयोग प्राप्त भएको छ । यसअघि हङकङ निबासी शुभेच्छुकबाट १ लाख १४ हजार ४ सय सहयोग प्राप्त भएको बालिकालाई पुनः उपचार खर्च स्वरुप उक्त सहयोग प्राप्त भएको हो ।
दीर्घायु गुरु अस्पताल चावहिलमा शल्याक्रिया गरिएकी १२ वर्षीय बालिकालाई हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ दियाले घर भइ हाल पोर्चुगलमा कार्यरत अनिल राईको पहलमा संकलन भएको ४५ हजार, हङकङमा रहेका मिठासरी राईको पहलमा संकलन भएको २२ हजार ८ सय ४५ रुपैयाँ प्राप्त भएको हो ।
यस्तै, ओखलढुंगा नारायणस्थान अँधेरी घर भइ हाल कोरियामा रहेका युन्ना राईबाट १० हजार, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका गगन चामलीङबाट ५ सय र काठ्माण्डौं नारायणस्थान निवासी बिना थापाबाट १ सय ५० रुपैयाँ सहयोग प्राप्त भएको ‘दिपा राई बचाउ अभियान’ले जनाएको छ ।
बिरामी परेपछि गत मंसिर ५ गते टिचिङ अस्पतालमा पु¥याएपछि दिपालाई ब्रेन ट्यूमर भएको पूष्टि भएको बुवा बाबु बिरबहादुर राईले बताउनुभयो । चार छोरीमध्ये घरकी जेठी छोरी दिपा जालपा माबि बादेलमा कक्षा ७ मा अध्ययनरत छिन् ।