
टेनिस रोका
काठमाडौं । विकास सम्बन्धी कुनै पनि कार्य सम्झौता भएर काम थालेको चार वर्षसम्ममा पनि प्रगति शून्य भन्यो भने तपाईहरुलाई पत्यार नलाग्ला, झुटो बोल्यो भन्नुहोला ।
काठमाडौं । विकास सम्बन्धी कुनै पनि कार्य सम्झौता भएर काम थालेको चार वर्षसम्ममा पनि प्रगति शून्य भन्यो भने तपाईहरुलाई पत्यार नलाग्ला, झुटो बोल्यो भन्नुहोला ।
तर, खोटाङ जोड्ने सुनकोशीस्थित फोक्सिङटारको पुल निर्माण कार्य भने चार वर्षमा शून्य प्रगतिमा छ । २०७३ चैत्र २४ मै बनिसक्नु पर्ने पुलमा अहिले खम्बा ठरिनु, ब्रिज स्लब, आर्चहरु निर्माण हुनु तथा पुल बन्दैछ भन्ने आधार हुने संकेत देखिनु त परै जाओस् पुल बनाउँदै गरेको हो कि खाेलामा माछा मार्न दुवाली छेकेकाे हाे भन्ने छुट्याउन समेत गाह्राेकाे अवस्था छ । निर्माण व्यवसायीको बेवास्ता, ढिलासुस्तीका कारण चार वर्षमा शून्यबाट प्रगति माथि नउठेको फोक्सिङटारको पुल पुनः थप गरिएको सयममा पनि सम्पन्न हुने देखिदैन ।
चार वर्षसम्म पुरै बेवास्ता
ठेक्का जिम्मा पाएको वाईपी जेभी कम्पनीले चार वर्ष सामान्य काम बाहेक पुरै समय कुनै प्रगति देखिने काम नै नगरी गुजारेको छ । पुल निर्माणको म्याद २०७३ चैत्र २४ गते नै सकिएको थियो । व्यवसायीकै रिपोर्ट अनुसार चैत्रसम्म प्रगति शून्य मात्र देखिएको छ ।
त्यसपछि निर्माण व्यवसायी २०७६ चैत्र २४ सम्मको म्याद मागेर निवेदन दियो । २०७५ असार मसान्तसम्म आवश्यक काम सम्पन्न गर्ने र आर्च को सुपरस्ट्रक्चर लगायत अन्य काम २०७५ चैत्रसम्म गर्ने गरी सरकारले म्याद थप गर्ने निर्णय भयो । तर अहिलेसम्म आर्चको आकार समेत देखिएको छैन ।
चार वर्षे म्याद सकिएपछि बसेको बैठकले गरेका निर्णयहरु
म्याद थप पछि पनि महाबेवास्ता
सरकारले २०७३ साल चैत्र २४ मै म्याद सकिएको कम्पनीलाई २०७५ चैत्रसम्मको म्याद दिएपनि निर्माण व्यवसायीले महाबेवास्ता गरिरहेको छ । अहिले पनि पुल निर्माणको प्रगति जिरो भन्दा माथि उठेको पाइएको छैन ।
निर्माण व्यवसायी कम्पनी वाई पी जेभीले ढिला सुस्ती र बेवास्ताले अहिलेसम्मको मितिमा पुल निर्माणको कार्य जिरो भन्दा माथि उठ्न सकेको नसकेको हो भने २०७४ साउन १९ गते भएको सम्झौता अनुसार निर्माण व्यवसायीले २०७५ असार मसान्तसम्मा सम्पूर्ण सब स्टक्चर, दुई वटा टी ग्रिडर ब्रिज स्लब तथा आर्च का लागि आवश्यक अस्थायी व्यवस्था जोडी सक्नुपर्ने र निर्माण व्यवसायीले सोही अनुसार कार्य योजनाको डिजाईन तथा निर्माण कार्य गर्ने गरी गरिएको सम्झौता समेत पूरा भएको छैन । व्यवसायीले अब चाहे पनि समयमा पुल निर्माण गर्न सक्ने अवस्था हट्दै गएको छ । रातदिन नभनी मेसिन र जनशक्ति थप गरेको अवस्थामा भने प्रगति बढ्ने देखिएको छ ।
सडक विभागमा घम्साघम्सी
निर्माण व्यवसायीले काममा वर्षौदेखि आलटाल गरेपछि खोटाङका सरोकारवालासहित सडक विभागमा गत शुक्रबार (१२ माघ ) दिन छलफल भयो । छलफलमा खोटाङका सरोकावाला व्यक्ति, निर्माण व्यवसायीका साथै सडक विभागका महानिर्देशक, पुल महाशाखा प्रमुख तथा योजना निर्देशकको उपस्थिति थियो ।
‘अहिलेसम्मको कार्य प्रगति हेर्दा जिरामै छ, सन्तोष छैन ।’ योजना निर्देशक अर्जुन अर्यालले छलफलमा भने ।
सडक विभागकै अधिकारी योजना निर्देशक अर्यालको भनाईपछि निर्माण व्यवसायी रामकुमार थापाले सबै सामग्री जुटाईसकेकाले समयमै काम पूरा गर्ने बताए ।’
खोटाङका नवनिर्वाचित सांसद विशाल भट्टराई त्यसपछि जंगिए । वर्षौसम्म पुल नबनेकोमा आक्रोशित हुँदै उनले व्यवसायीतिर औलो उठाउँदै पुल बनाउँछु भनेर अझै पनि ढाटिरहेको र समयमा बनाएर देखाए सांसदबाटै राजीनामा दिनेसम्मको चुनौती खडा गरे । ‘चार वर्ष त्यतिकै बिताउनु भयो, फेरि गर्छु भन्ने कसरी सम्भव हुन्छ ? यहीँ पाराले हो भने २०७५ सम्म पुल बन्नै सक्दैन, तर बनाउँछु भनेर हामीलाई ढाट्ने ? हामी त्यहीँ हिडिरहेकाले तपाईले ढाँटेको फेरि पनि पत्याईदिनुपर्ने ? अब फेरि पाँच वर्ष थप्ने दाउ होला, त्यो हुनैसक्दैन,’ भट्टराईले भने, ‘लु सम्झौता गरेको समयमा पुल बनाएर देखाईदिनुस् म सांसदबाटै राजीनामा दिन्छु ।’
भट्टराईले ठेकेदारले ढिलासुस्ती गरेको, आलटाल गरेको र फेरि म्याद थपेर ५ वर्ष धकेल्न खोजिरहेको आक्रोश पोख्दै अब पनि पुल नबनाए कालोमोसो व्यवसायीलाई दल्न पठाउने चेतावनी समेत दिए । ‘तपाईहरुले ढिला गरेर त के हुन्छ ? सबै आरोप हामीलाई आउँछ, कालोमोसो दल्न हामीलाई आउँछन्, अब कालोमोसो दल्न आउनेलाई तपाईलाई दल्न पठाउँछौं ।’ उनले भने, ‘हामीबाट अवरोध छ भने भन्नुस् होइन भने पुल बनाउनु पर्यो ।’
नेपाल सरकारका पूर्व सचिव उत्तम भट्टराईले अब पनि तोकिएको समयमा पुल नबनाए म्याद नथपरेर जरिवाना लगाउनुपर्ने बताए । निवर्तमान सांसद पिके राई, नेताहरु गोपी खड्का, नायक तथा चलचित्र निर्माता नवल खड्का लगायतले समयमै पुल बनाउनुपर्ने बताउँदै नबनाए जरिबाना गराउन सडक विभागलाई दबाब दिए ।
सडक विभागका महानिर्देशक गोपाल सिंग्देलले अब पनि पुल निर्माण सम्पन्न नगरे म्याद नथपिने र कारबाही थाल्ने प्रतिवद्धता जनाए ।
निर्माण व्यवसायी थापाले भने १५ दिनमै प्रगति दिन थाल्ने जनाए । बैठकले निर्माण व्यवसायीले २०७५ साल चैत्र महिना नघाउँदै बनाएको वर्क सेड्युअललाई अस्वीकार गर्दै चैत भित्रै निर्माण सम्पन्न गर्ने सेड्युअल बनाउन निर्देशन दिएको छ ।
कस्ता हुन् व्यवसायी ?
पुल निर्माणको जिम्मा पाएको वाई पी जे. भी आफैंमा भने खत्तम कम्पनी नभएको पाइएको छ ।
![]() |
निर्माण व्यवसायी |
उक्त कम्पनीले मुग्लिन लगायत अन्य कतिपय ठाउँमा सन्तोषजनक ढंगले नै निर्माण कार्य गरिरहेको पाइएको छ । तर फोक्सिङटारमा भने चार वर्ष काम नै नगरी बसेको, अहिले पनि ढिला सुस्ती गरिरहेको, समयमै काम गर्न भन्दा पनि म्याद थप्दै जाने नियत गरेको पाइएको छ ।
सडक विभाग पुल महाशाखका अर्जुन थापा भन्छन्– ‘अन्य ठाउँमा त सन्तोष जनक नै देखिन्छ, तर फोस्सिङटारमा त चित्त बुझाउने समेत छैन ।’
खोक्सिङटार पुल बिना पिलरको आर्च पुल हो । यस्ता पुलहरु प्राय चाइनामा बन्ने गर्दछन् । सडक विभागका प्रमुख गोपाल सिंग्देल कम पैसामै पुल बन्दै गरेको र बनाउन सके सबैलाई राम्रो हुने बताउँछन् । तर, ढिलासुस्तीले पुल बन्नेमा खतरा उत्पन भएको उनी बताउँछन् ।
१२ माघको छलफलले गरेका निर्णयहरु ।