खोटाङ माघ–२४,  खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–२ स्थित दलित बस्ती हाल वाईफाईयुक्त क्षेत्र बनेको छ । नगरपालिकाको सोल्मामा पर्ने बिश्वकर्मा समुदायको बसोबास रहेको उक्त स्थानका स्थानीय अजम्बरी टोल विकास समितिले देउसी खेलेर जम्मा गरेको रकमबाट वाईफाई सेवा बिस्तार गरेका हुन् । 
सूचना र सञ्चारका माध्यमबाट उक्त बस्तीलाई  संसारभर जोड्दै  सूचना र सञ्चारको अभावबाट आएको पछ्यौटेपनाको अन्त्य गर्ने उदेश्यले दलित बस्तीमा बाईफाई सेवा बिस्तार गरेको नगर कार्यपालिकाको सदस्य गंगा बिकले बताउनुभयो । बिकको अनुसार गत तिहारमा जम्मा भएकोमध्ये २५ हजार रकमको खर्चमा १ हजार २४ केभीपिएस क्षमताको वाइफाई सेवा बिस्तार गरिएको हो । 
वाइफाई जडानसँगै कतिपयले इन्टरनेटका माध्यमबाट बालबालिकालाई अध्ययन गराउने गरेका छन् । वाइफाईका कारण दलितबस्तीमा सामाजिक सञ्जालका प्रयोगकर्ता समेत बढेका छन् ।
वाइफाईका लागि दलितबस्तीमा वल्र्ड्िलंकको तीन वटा राउटर, रिसिभर, तार लगायत जडान गरिएको छ । वार्षिक १८ हजार शुल्क तिर्नेगरी दलित बस्तीका १२ घर परिवारले वाइफाई सेवा लिएको अजम्बरी टोल विकास समितिले जनाएको छ ।