खोटाङ, फागुन–७,  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष केदार मगरलाई नगद तथा प्रशंसापत्रसहित राष्ट्रिय समाचार समिति काठमाण्डौंले पुरस्कृत गरेको छ । पत्रकार मगरलाई राससले आफ्नो ५७ औं बार्षिक उत्सबको अवसरमा सोमबार काठमाण्डौंमा  आयोजित बिशेष समारोहबीच एक नम्बर प्रदेश उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरेको हो । 
९ बर्षअघि स्थानीय रुपाकोट सामुदायिक रेडियो हुँदै ब्यवसायिक पत्रकारितामा प्रबेश गर्नुभएको अध्यक्ष मगर रासस बाहेक नयाँ पत्रिका दैनिक लगायत बिभिन्न स्थानीय सञ्चार गृहमा आबद्घ हुनुहुन्छ । रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका पत्रकार मगर नेपाल पत्रकार महासंघको निर्बाचित प्रदेश सभाषद समेत रहनुभएको छ । 
कार्यक्रममा मगरसँग भएको ब्यवसायिक लगनशीलता, ईमान्दारिता लगायत पत्रकारिता क्षेत्रमा हुनुपर्ने गुणहरुका बारेमा चर्चा गर्दै प्रशंसा गरिएको थियो । 
नेपाल सरकारको समाचार एजेन्सी राससले बर्षेनी आफ्नो बार्षिक उत्सब मनाउँदै आएका छन् ।