

चौतारीले यस बर्ष घोषणा गरेकोे पाँच ओटा पत्रकारिता पुरस्कारमध्ये किरात राई पत्रकार संघ खोटाङका सल्लाहकार समेत रहनुभएको क्रियाशिल पत्रकार दमन राईलाई उक्त पुरस्कार गर्ने घोषण गरिएको हो ।
प्रेस चौतारीका महासचिव राजेश राईले बिहिबार बिज्ञप्ती जारी गरी बिभिन्न नाममा रहेका यस बर्षको पुरस्कार घोषणा गरेका हुन् । पद्मलक्ष्मी–सावित्री बस्नेत पत्रकारिता पुरस्कार दमन राई(खोटाङ), युनिकबिफा घिसिङ (रामेछाप) र रबिना बोहोरा (बागलुङ) लाई प्रदान गर्न घोषणा गरिएको छ ।
जसअनुसार हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार निर्मला शर्मा, अग्नि शिखा पत्रकारिता पुरस्कार प्रमोदकुमार सिंह (दाहाल) लाई प्रदान गरिने भएको छ । यसैगरी वीरेन्द्रकुमार साह क्रियाशिल युवा पत्रकारिता पुरस्कार राजु अधिकारी (झापा), बसन्तप्रताप सिंह (बझाङ) र सुभद्रा प्याकुरेल (सुनसरी), डेकेन्द्र थापा पत्रकारिता पुरस्कार, सुशिल अर्याल (गोरखा), दिपक रिजाल (धादिङ) र मिना बुढाथोकी (सल्यान)लाई प्रदान गरिने भएको छ ।
यसैगरी चौतारीले सातै प्रदेशमा एउटा उत्कृष्ट जिल्ला घोषणा गरेको छ । जसअनुसार प्रदेश–१ पाँचथर, प्रदेश–२ पर्सा, प्रदेश–३ मकवानपुर, प्रदेश–४ बागलुङ, प्रदेश–५ बाँके, प्रदेश–६ सुर्खेत र प्रदेश–७ बाजुरा उत्कृष्ट जिल्ला रहेका छन ।