

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको एउटा जिप घुर्मीमा दुर्घटना भएको छ ।
घुर्मीको उकालोमा जिप नियन्त्रणमा आउन नसक्दा सडक भन्दा बाहिर गएर तल खसेको बताइएको छ ।
ओखलढुंगा जिल्ला प्रहरी कार्यालयले ६/७ जना यात्रु घाइते भएको खबर आएको जानकारी दिएकाे छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।