– साधना बुढाथोकी, कक्षा—९
ए,बुबा नजानु विदेशमा !
जे काम गरे नि यहिँ छ, स्वदेशमा ।
रगत र पसिना पराई भूमिमा नबगोस,
यो माटोको श्राप कहिल्यै हामीलाई नलागोस् ।

कति ठगिए नेपाली पैसाको लोभमा
कति डुबे घरपरिवार आफन्तको शोकमा ।
गरिबीको चपेटाले सतायो भन्दैमा ,
किन जानु बिदेश बित्थै लहैलहैमा
शिक्षा,दिक्षा हामीले पाउने बेलैमा
हामीलाई दुःख नपारोस् ख्याल ख्यालैमा ।

गाह्रो भयो जिन्दगीको रथ चलाउन
भन्दै गए गाउँले सबै दाम कमाउन
घरको खुसी खोज्न जादाँ दुःख पर्यो रे,
खुशी टिप्न खोज्दा खेरी ज्यानै झर्यो रे ।

धन कमाउन देश छोडी जानै परे पनि
भन्छन् सबले सीप तालिम सिकी जानु भनी
भाषा, कानुन त्यस देशको रहनसहन जाने
कागजातको महत्व छ भन्ने सबले ठाने
सुरक्षित भईकन कमाउन नि सक्छन् अरे
नत्र उतै कानुनले समाउन नि सक्छन् अरे ।
                                                                    श्री विधोदय मा.वि, दिरुम.न.पा–७ चिउरीडाडाँ