खोटाङ फागुन–२६, खोटाङमा माओबादी केन्द्र निकट लेखक, कलाकार तथा शिक्षकबीच बिधागत  रुपमा अन्र्तक्रियात्मक प्रशिक्षण दिईएको छ । केन्द्र निकट जनसाँस्कृतिक महासंघ र अखिल नेपाल लेखक संघ जिल्ला कार्य समितिको आयोजनामा पार्टी निकट लेखक, कलाकार तथा शिक्षकलाई लेखक संघको केन्द्रीय उपाध्यक्षद्वय शुसिला प्रधानाङग, डा. धनप्रसाद सुवेदी र शिक्षा तथा संगीतकर्मी प्रदिम बोम्जनले अन्र्तक्रियात्मक प्रशिक्षण दिनुभएको हो ।
जिल्लास्थित माओबादी केन्द्रका नेता, पत्रकार, बिद्यार्थी लगायतको सहभागितामा शनिबार  सम्पन्न प्रशिक्षणमा लेखक, कलाकार तथा शिक्षकलाई केन्द्रीत गर्दै माक्र्सबादी दर्शन र समाजबादी लेखनका बिषयमा चर्चा गरिएको थियो । देशमा भएको अनेकन आन्दोलनमा लेखक तथा कलाकारको भूमिकाको प्रशंग उठाउँदै सोही बलिदान, त्यागबाट देशले प्राप्त गरेको उपलब्धीहरु कार्यान्वायनमा ल्याउन दवाब दिने खालको सिर्जना आजको आवश्यक्ता भएको बताईएको छ । 
कार्यक्रममा बर्तमान राजनीतिक अवस्था अनुरुप समाजबादी लेखन–सिर्जनाको खाँचो रहेको बारे स्पष्ट पारिएको सहभागीले जनाएका छन् । लेखन भनेको योजनाबद्घ सामुहिक कार्य र सचेत प्रयत्न भएकोमा जोड दिईएको जनाईएको छ । 
प्रशिक्षणमा आजको युगमा अभिभाबक र शिक्षकले अपनाउनुपर्ने शिक्षण बिधिको बारेमा समेत छलफल गरिएको लेखक संघको केन्द्रीय सचिवालय सदस्य साहित्यकार बम बानियाँले बताउनुभयो ।