
खोटाङ चैत्र–६, खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–३ का वडाध्यक्ष ललितकुमार राईको तिम्ल्याहा बच्चा जन्मिएका छन् । राईको काठमाण्डौंको बसुन्धारास्थित बीपी स्मृति अस्पतालमा तीन छोरा जन्मिएका हुन् ।
शल्यक्रियामार्फत जन्मिएका तीनै बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको आफन्तले जनाएका छन् । यसअघि दुई सन्तानको बाल्यअवस्थामै मृत्यु भएको राईको १८ बर्षकी एक छोरी छन् । साँढे सात महिनामै जन्मिएका तीनै बच्चा हाल अस्पतालकै निगरानीमा राखिएको छ ५० बर्षिय वडाध्यक्ष राईले जानकारी दिनुभयो