खोटाङ, चैत्र–८,  एसइई परिक्षामा खोटाङमा २ सय ८१ जना परिक्षार्थी अनुपस्थित भएका छन् । रेगुलरतर्फ ३ हजार ७२४ र एक्जाम्टेडतर्फ ५ सय ५४ विद्यार्थी रहेको जिल्लामा रेगुलरतर्फ ७६ जना र एक्जाम्टेडतर्फ २ सय ५ विद्यार्थी अनुपस्थित भएका हुन् । 

फर्म भरेकामध्ये रेगुलरतर्फ ३ हजार ६ सय ४८ र एक्जाम्टेडतर्फ ३ सय ४९ विद्यार्थी उपस्थित भएको जिल्ला शिक्षा कार्यालय खोटाङका प्राविधिक सहायक तिर्थ बिश्वकर्माले बताए । परिक्षा शान्त र मर्यदित वाताबरणमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 

प्राविधिकतर्फ एसइईमा ७० बिद्यार्थी सहभागी  

खोटाङमा ७० विद्यार्थीले प्राविधिकतर्फ एसइई परिक्षा दिएका छन् । रेगुलरतर्फ कम्प्यूटरमा ४२ जना र कृषि प्राविधिकतर्फ २८ विद्यार्थी एसइई परिक्षामा सामेल भएका हुन् । 
खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित सिमपानी माबिका ४२ बिद्यार्थीले कम्प्यूटर प्राबिधिकतर्फ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माबिका ४२ जनाले कृषि प्राविधिकतर्फको परिक्षा दिएका हुन् ।