खोटाङ चैत्र–१०,  ५८ बर्षिया बिष्णुकुमारी राई र उहाँको श्रीमान ५६ बर्षिय आशबर्ण राईलार्ई महिना दिनदेखि भोक–तिर्खा, थकान–निन्द्रा केहीको पर्बाह छैन । छ त केवल जीवनको भरोसा बनाईएको १६ बर्षिय छोरो बिपिन राईको उपचार खर्चको पर्बाह छ । 
हिमाली जिल्ला सोलुखुम्बुको ठूलोसाद्घी गाबिस (हालको महाकुलुङ गाउँपालिका–र्१) का आशबर्ण र बिष्णुकुमारीको छोरालाई फोक्सोको जटिल क्यान्सर भएपछि हाल उपचार खर्चको चरम अभाब भएको छ । 
दयनिय आर्थिक अवस्था भएको परिवारमा कान्छो छोराको रुपमा जन्मिएका बिपिनलाई बचाउन अब करिब १५ लाख रुपैंयाँको अभाब भएको आफन्तले जनाएका छन् । विवाह गर्न साथै गाउँ छाडेर काठमाण्डौं पसेका आशबर्णले कपन ज्यामी काम गरेर नै कपनमा परिवारसहित जीबिकोपार्जन गरिरहनुभएको छ । 
१० कक्षामा अध्ययनरत कान्छो छोरालाई बिभिन्न अस्पताल पु¥याउँने क्रममा पछिल्लो पटक महाराजगन्जस्थित टिचिङ अस्पताल लैजाँदा अवस्था जटिल भएकोले घटीमा १५ लाख रुपैंयाँ खर्च आवश्यक पर्ने सुनाएको आशबर्णको भनाई छ । बचाउन कठिन हुने र बचाउन सम्भब भए पनि उक्त खर्च लाग्ने डाक्टरले

सल्लाह दिएको उहाँ बताउनुहुन्छ ।

हालसम्म ४ लाख बढी खर्च भईसेकेकोले अव कतै पनि खर्च ल्याउने बाटो नरहेको आमा बिष्णुकुमारी सुनाउँनुहुन्छ । उहाँले छोराको उपचारको लागि सहयोग गर्न रुँदै याचना गर्नुभएको छ । 
तीन दिन अघि मात्र टिचिङबाट पून : वाफलको आयुबेर्दिक अस्पतालमा लगिएको बिपिनको औषधी उपचारको लागि एकै दिनमा एक लाख ६० हजार खर्च भएको परिवारले जनाएको छ । जन्मभूमि सोलुको गाउँमा बाझिँएको पाखाबारी बाहेक केही सम्पती नरहेको बताउनुहुने राई परिवार बषौंदेखि कोठा भाडामा लिएर काठमाण्डौंमा बस्दै आएका छन् । 
    राईको अन्य २ छोराले कक्षा–१२ उतीर्ण गरेका छन् ।