रामधन राई
खोटाङ ११ चैत । हाम्रो खोटाङ डटकमका सम्पादक रामधन राई नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ खोटाङको अध्यक्षमा चयन भएका छन् ।
गएराति सम्पन्न महासङ्घको तेश्रो जिल्ला अधिवेशनले राईलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
एघार सदस्यीय समितिको उपाध्यक्षमा सुनिता मगर, सचिव लालबहादुर मगर, सहसचिव रमिला राई र कोषाध्यक्षमा गोमा राई चयन हुनुभएको छ । समितिको सल्लाहकारमा डम्बरसिं राई, दमन राई, भीम राई, उजुर राई र विजय राई रहनुभएको छ ।
महासङ्घको केन्द्रीय सभाषद्मा केदार मगर, सँगिता राई र डिएम चाम्लिङ चयन हुनुभएको छ भने पर्यवेक्षकमा डम्बरसिं राई र भीम राईलाई चयन गरिएको छ । यस्तै, प्रदेश सभाषद्मा सुर्य तामाङ, चिसाङ शेर्पा, सुनिता मगर र गोमा राई चयन हुनुभएको छ भने पर्यवेक्षकमा लालबहादुर मगर रहनुभएको छ । महासङ्घको केन्द्रीय महाधिवेशन आगामी चैत २३ र २४ गते काठमाडौंमा हुँदै छ ।