खोटाङ चैत–१३, खोटाङमा सोमबार चलेको हावाहुरीले बिद्यालयको छाना उडाएपछि बालबालिकाको पठनपाठन प्रभावित बनेको छ । बर्षासँगैको हावाहुरीले जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित पञ्चावती प्रावि वफ्लाङको छाना उडाउँदा पठनपाठन प्रभावित बनेको हो । 
हावाहुण्डरीले विद्यालयको तीन वटा कक्षा कोठा र शौचालयको छाना उँडाएको हो । कक्षा १, २ र ३ पढाई हुँदै आएको दुई कोठे भवनको पुरै र दोश्रो भवनको कक्षा ५ पढाई हुँदै आएको कोठाको छाना उडाएको प्रधानाध्यापक राजकुमार राईले बताउनुभयो । 
हावाहुरीले शौचालयको छाना समेत उडाईदिएको छ ।