
खोटाङ चैत्र–१४, एक दशक अघिदेखि संगीतमा साधनारत खोटाङकी गायिका रेणुका राईले अन्ततः एक छत्र राज गरिरहेका गायक राजेश पायल राईसँगको स्वरमा रहेको गीत पहिलो पटक सार्बजानिक गरेकी छिन् । सानै उमेरदेखि गायनमा रुचि राख्ने खार्मीकी गायिका राईले राजेशपायलसँग गाएको ‘बार लाउ है मायाँले’ बोलको लोक दोहोरी गीति भिडियो हालै सार्बजानिक गरेकी हुन् ।
केही हद्सम्म संगीतको औपचारिक ज्ञान समेत लिएकी गायिका राईको स्वरमा यसअघि नै पनि कतिपय गीतहरु रेकर्ड भए पनि पहिलो पटक युट्युब च्यानलमार्फत सार्बजानिक गरिएको यो पहिलो गीत हो । शिखर गजरकोटेको रचनमामा रहेको पुर्बेली लोक भाकामा प्रियजन राईले लय संयोजन गरेका छन् ।
राजेश पायल राई जस्तो हस्तीसँग गार्ईएको यस गीतबाट सफलता हात लाग्नेमा निक्कै आशाबादी रहेको राईको भनाई छ ।
पुर्बेली जुनतारा म्युजिक प्रालिको प्रस्तुतीमा रहेको गीति भिडियोलाई म्युजिक नेपालको युट्युब च्यानलबाट सार्बजानिक गरिएको हो । समिर राई, ऋतु कोईराला र हरिचन्द्र राईले म्युजिक भिडियोमा अभिनय गरेका छन् । जनकराज अधिकारीले छायांकन गरेको यो गीतको म्युजिक भिडियोलाई मनिष कार्कीले सम्पादन र प्रियजन राईले निर्देशन गरेका छन् ।
सार्बजानिक भएको छोटो समयमा नै रेणुका राईको स्वरले तारिफ पाउन थाालेका छन् ।