
(तस्बिरः नबिन राईको फेसबुकबाट)
खोटाङ चैत्र–१६, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुन्थलास्थित एनसेल मोवाईलको टावरमा आगजानी गरिएको छ । राज्यलाई कर नतिर्ने एनसेल कम्पनीलाई कारवाही गर्ने पार्टीको कार्यक्रम अन्तर्गत बिहिबार राती उक्त टावरमा आगजानी गरिएको बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।
बिप्लव समुहले रातको करिब दश बजेको समयमा एनसेल टावरको घेराबार तोडेर आगजनी गरेका हुन् । एनसेल कम्पनीको देशैभर रहेको टावरमा आगजनी गर्ने पार्टीको कार्यक्रम रहेको बताईएको छ ।
एनसेल टावरको फेदमा आगो सल्काएर ब्याट्री, तार, जेनेरेटर लगायतमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो । घटनास्थलको अवस्था हेर्दा योजनावद्ध भएको पाईएको भन्दै आगजनी गर्ने समूहको खोजी गरिरहेको प्रहरीले बताएका छन् ।
टावरमा आगजनी भएपछि गएरातिबाटै जिल्लामा एनसेल मोवाइल अवरुद्ध भएको छ । मोवाईल अबरुद्घ बनेपछि जिल्ला तथा जिल्ला बाहिरका सेवाग्राही मर्कामा परेका छन् ।