चैत्र–१९ खोटाङ, थुलुङ राई भाषाको पाठ्याक्रम एबं पाठ्यापुस्तक निर्माणका लागि तीन व्यक्तीबाट आर्थिक सहयोग प्राप्त भएको छ । आगामी नयाँ शैक्षिकसत्रबाट खोटाङ, सोलुखुम्बु र ओखलढुंगाका करिब २५ विद्यालयमा थुलुङ भाषाको पठन पाठनका लागि पाठ्यापुस्तक निर्माण एबं प्रकाशनमा जुटेको थुलुङ राई पाठ्यापुस्तक पाठ्याक्रम निर्माण समितिलाई आर्थिक सहयोग प्राप्त भएको हो । 
थुलुङ भाषाको पाठ्यापुस्तक निर्माणका लागि थुलुङ दुधकोसी गाउँपालिका लोखिमका निर्कुधन राई, पञ्चनका भीम थुलुङ र खोटाङ ऐसेलुखर्क गाउँपालिकाका मिलन राईले जनही ५० हजारका दरले आर्थिक सहयोग गरेको थुलुङ राई पाठ्यापुस्तक पाठ्याक्रम निर्माण समितिका सदस्य पदम थुलुङले बताए । 
खोटाङ, सोलुखुम्बु, ओखलढुंगा लगायतका जिल्लाका थुलुङभाषीलाई काठ्माण्डौंमा भेला गरेर भाषाबिद्को सहयोगमा पहिलोपल्ट थुलुङ राई भाषाको बर्ण निर्धारण गरिएको केही समयपछि पाठ्याक्रम निर्माण एबं पाठ्यापुस्तक प्रकाशनका काम थालिएको हो । थुलुङ भाषाको शिशु कक्षा र कक्षा १ को पाठ्याक्रम, बर्णमाला, व्याकरण, पाठ्यापुस्तक तयार पार्नका लागि करिब १२ लाख आवश्यकता परेको थुलुङ राई पाठ्यापुस्तक पाठ्याक्रम निर्माण समितिले जनाएको छ । 
पाठ्याक्रम र पाठ्यापुस्तक तयार पार्नका लागि आवश्यक रकम जुटाउनका लागि रावाबेँसी गाउँपालिकाका इन्द्रकुमार राई, ऐसेलुखर्क गाउँपालिकाका किर्तन राई, दिलबहादुर राई र मनसुन राईको नेतृत्वमा तथा जलेश्वरीका डिल्ली राईको नेतृत्वमा आर्थिक संकलन भइरहेको छ । 
स्थानीय तहको कार्यान्वयनले विभिन्न भाषाभाषीमा पठन–पाठन बाटो खुलेसँगै गत माघ ९ गते काठ्माण्डौंमा थुलुङ राई भाषाको वर्ण निर्धारणका काम गरिएको थियो । पछिल्लो जनगणनामा खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, संखुवासभा, सुनसरी, इलाम, पाँचथर लगायतका जिल्लामा करिब २० हजार थुलुङको बसोबास रहेको देखिए पनि करिब ५०–६० हजार थुलुङ राईको बसोबास रहेको अनुमान छ । थुलुङ भाषाको व्याञ्जन वर्ण २५ वटा र स्वर वर्ण ८ वटा रहेको टुंगो लागेको छ ।