
चैत्र–२५ खोटाङ, खोटाङका क्रियाशिल पत्रकार केदार मगर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) को केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । करिब एक दशकदेखि ब्यवसायिक पत्रकारितामा क्रियाशील मगर शनिबार काठमाण्डौंमा सम्पन्न छैंटौं महाधिबेशनबाट भारी मत ल्याउँदै खुला सदस्य पदमा निर्वाचित भएको निर्बाचन मण्डलले घोषणा गरेका हुन् ।
पत्रकारिताको पाटोबाट आदिवासी जनजातिको हक अधिकार तथा उत्थानका पक्षमा टड्कारो रुपले प्रस्तुत हुने मगरले देशभरका खुला सदस्य पदका उम्मेदवारलाई पछि पार्दै निर्वाचित बनेका हुन् । हाल राष्ट्रिय समाचार समिति, नयाँ पत्रिका दैनिक लगायतमा आबद्घ पत्रकार मगर फोनिजको पूर्ब जिल्ला अध्यक्ष हुन् ।
पाँच जनाको कोटा रहेको खुला सदस्यतर्फ १६ जना पत्रकार निर्बाचनमा उत्रिएका थिए । मगरसँगै बिश्वराज तामाङ, बुद्दबीर बाहिङ र बिजयबोध लावतीले समेत बिजय हासिल गर्दै सदस्य संख्यामा एक नम्बर प्रदेशको बर्चस्व जनाएका छन् । अर्का एक सदस्यमा भने राजु चौधरी निर्बाचित भएका छन् ।
यस्तै, चार जनाको कोटामा पाँच प्रतिस्पर्धी भएको महिला सदस्यतर्फ भने सन्चु ब्लोन तामाङ, उषा तामाङ, लक्ष्मी चौधरी र सरिता श्रेष्ठ निर्बाचित बनेको निर्बाचन मण्डलले घोषणा गरेका छन् ।
शुक्रबार उपराष्ट्रपति नन्दकिशोर पुनले काठमाण्डौंस्थित नेपाल पुलिस क्लबमा उद्घाटन गरेको महाधिबेशनको बन्द शत्रबाट खुला र महिला सदस्य बाहेकका पदका लागि भने सर्बसहमतिबाट चयन गरिएको थियो ।
अध्यक्षमा पूनः डण्ड गुरुङलाई चयन गरिएकोमा वरिष्ठ उपाध्यक्ष गजुरधन राई, महिला उपाध्यक्ष लक्की चौधरी, उपाध्यक्ष देबिका घर्तिमगर तथा महासचिब मनोज घर्तीमगर सर्बसम्मत चयन भएका छन् ।
यस्तै, संगठन सचिबमा मिलन लिम्बु, संसथागत सचिब जगतमान लामा दोङ र अल्पसंख्यक सचिब कमन देवान निर्बाचित बनेका छन् । राती अबेर सम्पन्न बन्दशत्रबाट अमरध्वज लामा कोषाध्यक्ष र अन्जना शिल्पकार सहकोषाध्यक्ष बनेकोमा प्रदेश एक मध्येको ईन्चार्जमा दिपिन राई चयन भएका छन् ।
दुईमा निरज पिठाकोटी, तीनमा समिर बलामी, चारमा हुमबहादुर गुरुङ , पाँचमा देबबहादुर पचभैया, ६ नम्बर प्रदेशमा अशोक राजी र सात नम्बरबाट रामचन्द्र कुश्मी प्रदेश ईन्चार्जको जिम्मेवारीमा सर्बसम्मत भएका छन् ।
संस्थागत सदस्यमा थारु पत्रकार संघबाट सिताराम चौधरी, किरात राई पत्रकार संघबाट दिपेन्द्र राई, लिम्बु पत्रकार संघबाट चन्द्र पन्दाक लिम्बु चयन हुनुभएको छ । यस्तै, तमु गुरुङ सञ्चारकर्मी संघबाट अनिता गुरुङ, मगर पत्रकारबाट मनोज घर्तीमगर, तामाङ पत्रकारबाट बिष्णुकुमार तामाङ र शेर्पा सञ्चार समुहबाट फुर्किमा शेर्पा सर्बसम्मत निर्बाचित गरिएको जनाईएको छ ।
अल्पसंख्यक सदस्यमा ख्याम भुजेल निर्बाचित गरिएकोमा शाहिमान राई संयोजक रहेको तीन सदस्यीय लेखा समिति समेत निर्बाचित गरिएको छ ।