(तस्बिर : रामधन राई, केदार मगर र निशा राई)
चैत्र–२६, स्थानीय तह कार्यान्वायनमा आएसँगै खोटाङको खोटेहाङ गाउँपालिका समृद्द पालिकाको रुपमा बिकास भईरहेको छ । जिल्लाको पुरानो सदरमुकाम समेत रहेको ऐतिहासिक खोटाङबजार केन्द्र रहेको पालिका समृद्द पालिकाको रुपमा बिकास भईरहेको हो ।
(खोटाङको पुरानो सदरमुकाम खोटाङबजार हाल खोटेहाङ गाउँपालिकाको केन्द्र जहाँबाट २०२२ सालमा दिक्तेलबजार सदरमुकाम सारिएको थियो ।)
२०२२ सालसम्म सदरमुकाम रहेको पालिकाको केन्द्र खोटाङबजारमा अघिल्लो समय नै कतिपय पूर्वाधार तयार भएकोले पनि समृद्दिको बाटो समाउन सहज भएको स्थानीय बताउँछन् ।
(दिप्रुङ गाउँपालिकासँगको सिमा नाकामा राखिएको बोर्ड)
पालिकामा सडक लगायतका पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको विकासले समृद्धिको लय समातेको हो ।
पालिकामा हाल ईलाका प्रशासन, ईलाका प्रहरी, राष्ट्रिय बाणिज्य बैंक, मालपोत, नापी लगायतका सरकारी अड्डाबाट सेवा लिन सकिने ब्यवस्था छ ।
(जिर्ण देखिने ईलाका प्रशासन कार्यालय)
इलाका पशुसेवा, इलाका कृषि कार्यालय, स्वास्थ्य, आयुर्वेद लगायतको सेवा पालिकाबाटै लिन सकिने भएपछि सेवाग्राहीलाई सहज भएको छ ।
(मालपोत कार्यालय, खोटाङबजार)
(ईलाका प्रहरी कार्यालय)
उच्च शिक्षाको लागि क्याम्पस तथा सरकारी र नीजि बिद्यालयहरु सञ्चालनमा रहेको पालिकामा खेलमैदानको पनि सामान्य ब्यवस्था छ ।
गुणस्तरीय शिक्षाका लागि यसै शैक्षिक सत्रदेखि लागू हुने गरी शिक्षा नियमावली पारित गरेको गाउँपालिकाको अध्यक्ष प्रदिप राईको भनाई छ ।
(खोटाङ क्याम्पस)
गुणस्तरीय शिक्षाका लागि यसै शैक्षिक सत्रदेखि लागू हुने गरी शिक्षा नियमावली पारित गरेको गाउँपालिकाको अध्यक्ष प्रदिप राईको भनाई छ ।
(कालोपत्रेको क्रममा रहेको थामखर्क बिमानस्थल)
यता, अकालमा मर्नु पर्ने वाध्यतालाई ध्यानमा राखेर त्यसै आधारमा स्वास्थ्य क्षेत्रको विकासमा उत्तिकै ध्यान दिएको प्रमुख राईको भनाई छ ।
पालिकाले कृषिमा युवापङ्त्तिलाई रोजगार दिलाउने गरी योजना बनाएका छन् । पालिकाले खासगरी युवाहरुको सामुहिक खेतीमा अनुदानको व्यवस्था गरेको छ ।
(रोक्सिम भञ्ज्याङ)
पर्यटनमा पनि प्रचुर सम्भावना रहेको भन्दै प्रबद्र्धनका लागि रोक्सिङभन्ज्याङ, इन्द्रेणीपोखरी, सोलढुङ्गा, सिम्पानी लगायतका पर्यटकीयस्थल विकासमा जोड दिइएको छ ।
(खोटाङबजारबाट चिसापानीबजार)
(जननायक रामप्रसाद राईले रोपेको भनिएको स्थमनीय टुडिखेलको समीको रुख)
सञ्चार सुविधाका लागि सबै वडामा इन्टरनेट जडान गरिएको छ । सञ्चार विकासका लागि टेलिफोन टावरहरु निर्माण गर्ने योजना बनाइएको छ ।
( खोटाङबजारस्थित नमस्ते मोवाईलको टावर)
तथापी, खानेपानी लगायतका कतिपय मानबीय आवश्यक्ता पूर्ति र सहजताका लागि गाउँपालिकाले ब्यवस्थित योजना र कार्यक्रम ल्याउन आवश्यक रहेको स्थानीयको सुझाब छ ।
(खोटाङबजारमा खानेपानीको अभाब)