खोटाङ  चैत–२६,  किरात राई विद्यार्थी संघ खोटाङ र किरात राई साँस्कृतिक कलाकार संघ जिल्ला कार्य समिति खोटाङले एकै साथ नेतृत्व परिबर्तन गरेका छन् । किरात राई यायोक्खाको भातृ संगठन बिद्यार्थी र कलाकार संघको एकै साथ सम्पन्न अधिबेशनले दुवै संगठनको नयाँ नेतृत्व चयन गरेको हो ।  
दिक्तेलमा हालै सम्पन्न किरात राई बिद्यार्थी संघको छैठौं अधिबेसनबाट दिपक राईलाई र साँस्कृतिक कलाकार संघको तेश्रो अधिबेशनबाट शुभचन्द्र राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । 
११ सदस्यीय बिद्यार्थी संघको उपाध्यक्षमा भूमिका राई, सचिवमा रोशन राई, सह–सचिवमा सुरेन्द्र राई र कोषाध्यक्षमा रमिला राई सर्वसम्मत चयन भएका छन् । बिद्यार्थीकै सदस्यमा मनिष राई, पूर्णमायाँ राई, अस्मिता राई लगायत छानिएका छन् । 
यस्तै, १ि१ सदस्यीय कलाकार संघको उपाध्यक्षमा धनीराम राई नछुङ, सचिवमा पवन राई, सह–सचिवमा जयन्ती राई र कोषाध्यक्षमा जुनु राई चयन भएका छन् । अस्मिता राई, निरव राई, अम्बीर राई लगायत सदस्य चयन भएका छन् । 
‘भाषा, धर्म, संस्कार, संस्कृति संरक्षण हाम्रो अभियान, किरात प्रदेशको नामाकरणका लागि अधिवेशन’ भन्ने नाराकासाथ किरात राई विद्यार्थी संघ र कलाकार संघको अधिबेसन संयुक्त रुपमा सम्पन्न भएको हो । विद्यार्थी र कलाकार संघले आईतबार साँझ पत्रकार सम्मेलन गरेर निर्वाचित कार्य समितिको नामावली सार्वजनिक गरेका हुन् । 
अधिबेसनमा किराती संस्कृति अभियन्ता वयानसिं राई, किरात राई सांस्कृतिक कलाकार संघका केन्द्रिय सदस्य जनक राई, किरात राई प्रज्ञा परिषदका कुलपति जयकुमार राई, मुन्धुम अध्येता भोगीराज चाम्लिङ, किरात राई विद्यार्थी संघका संगठन विभागकी अन्जिला राई लगायतको उपस्थिती रहेको थियो ।