खोटाङ बैशाख–३,  बिद्यालय उमेरका बालबालिकालाई अनिबार्य बिद्यालय ल्याउने उेदेश्यले खोटाङमा बिद्यार्थी भर्ना अभियान थालिएको छ ।  जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा विद्यालय उमेरका बालबालिकालाई अनिवार्य शिक्षाको पहुँचमा ल्याउने उद्धेश्यका साथ आईतबारदेखि हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाबाट भर्ना अभियान थालिएको हो । 
नगरपालिकाको मालिकादेबी माबि कदुवामा दुई जना र कालिका प्राबि बयाक्तामा तीन बालबालिकालाई भर्ना गरेर रंगीन पाठ्यपुस्तक प्रदान गर्दै अभियान शुरु गरिएको श्रोतव्यक्ती नयनकुमार राईले बताउनुभयो । विद्यालय उमेर पुगेका एक बालिका र चार बालकलाई वडाध्यक्ष रुद्र राई र श्रोतव्यक्ती राईले भर्ना गराउनु भएको थियो । यसै अभियान अन्तर्गत ७६ वर्षीया बृद्धा शान्तीकुमारी भुजेलले आफ्नी नातिनीलाई भर्ना गरिएको श्रोत केन्द्रले जनाएको छ । 
‘विद्यालय उमेर समुहका सबै बालबालिका, विद्यालयको पहुँचमा पु¥याउने हाम्रो भूमिका’ भन्ने नारासहित दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लमा विद्यार्थी भर्ना अभियान थालिएको छ ।