
खोटाङ बैशाख–३, घरमा भएको आगलागीमा परी खोटाङका एक बालकको मृत्यु भएको छ । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका –४ बतासेका शेरबहादुर राईको घरमा लागेको आगोमा परी उनकै तीन वर्षीय छोरा हिटलर राईको मृत्यु भएको हो ।
सोमबार बिहान भएको आगलागीम परी गम्भीर घाइते बनेका बालकलाई उपचारको लागि धरानतर्फ लैजादै गर्दा उदयपुरको पोखरी भन्ने ठाँउमा मृत्यु भएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले जानकारी दिनुभयो । घरमा कोही नभएको समयमा मृतक बालकले लाईटर चलाउने क्रममा अचानक आगो लागेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घटनाको स्थलगत अध्यननको लागि खोटेहाङ गाउँपालिकाबाट प्रहरी घटनास्थलतर्फ परिचालन भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिनुभयो ।