खोटाङ, बैसाख–९, नदीमा डुबेर खोटाङमा एक युवकको मृत्यु भएको छ । पिकनिक गएको समयमा पौडी खेल्नेक्रममा सुनकोसीमा डुबेर हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका १७ वर्षीय दयन्द्र राईको मृत्यु भएको हो ।
शनिबार दुर्छिमको हैदेबगारबाट नदीले बेपत्ता बनाएको युवाको शव आईतबार दुर्छिमकै बतासेघाटमा फेला परेको प्रहरीले जनाएको छ । गर्मी भएपछि पौडी खेल्नका लागि भन्दै नदीमा गएका राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलमा पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।