खोटाङमा आगामी बैशाख २०, २१ र २२ गते सञ्चालन हुन गईरहेको दोश्रो खोटाङ हलेसी खुला अन्र्तराष्ट्रिय कराते प्रतियोगिता सफल पार्न सबैले शुभेक्षा प्रकट गरिरहेका छन् । जिल्लाको गौरबको रुपमा नेपाल सितोरियो कराते संघ खोटाङले आयोजना गरेको उक्त प्रतियोगिता सफल बनाउनका लागि देशबिदेशमा रहने खेलकुदप्रेमी खोटाङे तथा गैर खोटाङेले आर्थिक, भौतिक तथा नैतिक सहयोग गरिरहेको संघको अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो ।
करीब ५० लाख लागतमा हुने प्रतियोगितामा आयोजक सहित १५ टिमले सहभागिता जनाउने प्रतियोगितामा नेपालको ७ प्रदेशको एकरएक टिम रहनेछन् ।
अन्तर्राष्ट्रिय टिमहरुमा भने भारत, श्रीलंका, भुटान, बंगलादेश सहभागी हुने आयोजकले जनाएका छन् । प्रतियोगितामा बिभागिय टिमहरु नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको सहभागिता रहने नेपाल सितोरियो कराते संघ खोटाङले जनाएको छ । यस प्रतियोगिता सफल बनाउन जिल्लाका बिभिन्न निकायका ब्यक्ति–ब्यक्तित्वले सुभेच्क्षा प्रकट गरिरहेका छन् ।
जिल्ला समन्वय समितिको प्रमुख बबी चाम्लिङ मूल आयोजक समितिको संयोजक रहेको प्रतियोगिता भब्य बनाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजाल, उपप्रमुख बिणादेबी राई, जिल्ला खेलकूद बिकास समितिको अध्यक्ष माईतिराज राई लगायतले अडियो भिडियोमार्फत सबैलाई अपिल गरिसकेका छन् ।
यसैबीच, उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले पनि उक्त गौरबको प्रतियोगिता सफल बनाउन सबै पक्षसँग सहयोग तथा सहभागिताको लागि अपिल गर्नुभएको छ । हेर्नुहोस अध्यक्ष लयालुको अपिल ।